दारी ग्याङ पोखरा र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको संयुक्त आयोजनामा आज भएको रक्तदान कार्यक्रममा १२० युनिट रगत संकलन भएको छ

गण्डकी प्रदेश समाचार

काठमाण्डौ जेठ 12

दारी ग्याङ पोखरा र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको संयुक्त आयोजनामा आज भएको रक्तदान कार्यक्रममा १२० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी, श्रेत्रीय रक्तसञ्चार सेवा केन्द्र कास्कीको विशेष अनुरोधमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

पहिलो रक्तदाता जग्दिश पौडेललाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ भएको थियो । पोखरा महानगरपालिका वडा ९ का वडा अध्यक्ष रामराज लामिछानेको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा दारी ग्याङ पोखराका पूर्व संयोजक शेखर गौतम, नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका उपाध्यक्ष जितेन्द्र मान शाक्य, वसन्त विनोद, रञ्जन अधिकारी, दिवस गुरुङ लगायतले मन्तब्य दिएका थिए ।

उक्त अवसर पारेर नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष तिर्थराज अवस्थीले ५७ औ र वसन्त विनोदले ३७ औ पटक रक्तदान गरेका छन् । अवस्थीले उक्त कार्यक्रममा स्वागत मन्तव्य दिदै रक्तदान गर्नु पर्नेमा जोड दिनु भएको थियो भने दारी ग्याङ पोखराका पुर्व संयोजक शेखर गौतमले दारी ग्याङले हालसम्म गरेका कार्य उपर प्रकाश पार्दै प्रत्येक ब्यक्तिले खेर जाने रगत दान गर्नु पर्ने बारे जोड दिनु भयो।
नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका उपाध्यक्ष जितेन्द्रमान शाक्यले रक्तदान गरेर कमजोर भईन्छ भन्ने गलत मानसिकतालाई चिर्दै आफुले प्रत्येक रक्तदान पच्यात १०० किमि साईक्लिङ गर्दै बन्जीजम्प गरेको अनुभव सुनाउदै उहाँकी धर्मपत्नी पुस्पा शाक्य, छोरा जितेशमान शाक्य, भाउजु शोभा शाक्य र भतिजा सनि शाक्य सहित सिङ्गो परिवारकै रक्तदान गराउनु भएको थियो।

कार्यक्रममा युवा समाज सेवी शुशिल गौतम, सामाजिक अभियन्ता सुरेश पहारी, नेपाली सिने जगतका नायक रमित ढुङ्गाना, पहिलो पाईलाकी एड्मिन गङ्गा थापा, नेगेटिभ रक्त समुह सयोजक कास्कीका सागर पौडेल, हाम्रो पोखराकी एड्मिन अन्जना पौडेल र अध्यक्ष जयन्ती न्यौपाने, पहिलो रक्तदाता, महिला दिदीबहिनी, मुस्ताङबाट आउदै हरेका यात्रु, मुस्ताङ थकाली भान्सा घरकी दिदी, लगायत अन्य थुप्रैको उल्लेखनिय सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *