गण्डकी प्रदेश सभा सदस्य राजिव गुरूङ (दिपक मनाङ्गे) ले ढोरपाटन नगरपालिकाकोे दैवी प्रकोप राहत कोषमा
आर्थिक सहयोग गरेका छन् । गुरूङले राहत कोषमा पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन ।
भदौ १७ गते बाग्लुङ को ढोरपाटन नगरपालिकाको भुजीखोलाको बाढीले घरबारविहिन परिवारको पुनस्थापनामा सहयोग पुयाउनको लागि सहयोग गरेको गुरूङ ले बताए । गुरूङ ले पठाएको सहयोग रकम प्रतिनिधि योगेश भण्डारीले नगरप्रमुख देवकुमार नेपाली, उपप्रमुख करमती पुन तथा प्रमुख प्रसाशकिय अधिकृत धनप्रसाद पोखरेललाई हस्तान्तरण गरेका थिए । गुरूङ मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्यमा प्रतिनिधित्व गर्छन् ।
राहत रकम बुझ्दै नगरप्रमुख देवकुमार नेपालीले तत्कालको लागखाद्य सामग्री, लत्ताकपडा धेरै संघसस्थाबाट प्राप्त भएकोले सकेसम्म राहत कोषमा आर्थिक सहयोग जुटाउने अभियानमा आफुहरु लागेको जानकारी गराएका थिए । साथै, मनाङ जिल्लाबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने राजिब गुरूङको सहयोगले शोकलाई शक्तिमा बदल्न सहयोग मिलेकोनगरप्रमुख नेपालीले बताए । एकद्वार प्रणालीबाट उचित व्यवस्थापनसहित राहत वितरण भैरहेको र अब कोषलाई प्रभावकारी
बनाएर पुनस्थापनमा जुट्ने उनले बताए