डेविजफल बचत तथा ऋण सहकारी संस्थाको आठाै वार्षिक साधारण सभा सम्पन्न

समाचार समाज

पोखरा १७ छोरेपाटन स्थित डेविजफल बचत तथा ऋण सहकारी संस्था को आठाै वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको उद्घाटन प्रमुख अतिथी गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पूनले गर्नु भएको थियो।

प्रमुख पूनले सहकारीले उत्पादन मुखी क्षेत्रमा लगानी गर्नुपर्ने बताउदै । शुखी नेपाली समृद्द नेपालका लागि आत्मनिर्भर अर्थतन्त्र हुनु पर्ने र यसका लागि सहकारीले योगदान गर्नुपर्ने बताउनु भयो।

कार्यक्रमका विशेष अतिथी तथा गण्डकी प्रदेश प्रदेश सभा अध्यक्ष कृष्ण थापाले सहकारीले सृजनात्मक र उपलब्धिमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउदै सबैक्षेत्रको सहभागिता र सहकार्यले नै सामाजिक विकास सम्भव रहेको बताउनु भयो । कार्यक्रममा पोखरा महानगरपालिका वडा न‌ १७ का वडा अध्यक्ष तिर्थराज अधिकारी सहकारी स‌घ केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश स‌योजक भीम गुरुड सल्लाहकार बुद्दि बहादुर थापा स‌स्थाका उपाध्यक्ष भिष्म कार्की लगायतले मन्तव्य राखेका थिए ।
प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७५।०७६ मा ४ करोड ३८ लाख ९९ हजार रुपैंया शेयर पूँजी तथा २४ करोड २८ लाख ३६ हजार ८ सय ९३ रुपैंया बचत संकलन गरेको जानकारी दिए । साथै सोही अवसरमा सहकारीका जेष्ठ सदस्य उत्कृष्ठ बचतकर्ता तथा रिणी तथा एस इ इ पाँस गर्ने शेयर सदस्यका छोराछोरीहरुलाइ सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष सुवास अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन सचिव राजेन्द्र बहादुर थापाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *