टानको कार्यकारी अधिकृतमा थापा

पर्यटन समाचार

काठमाडौँ, २१ मङ्सिर 

  ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा विक्रम थापामगर नियुक्त हुनुभएको छ ।

टान अध्यक्ष नवराज दाहालको अध्यक्षतमा गठित सिइओ छनोट समितिको सिफारिशबमोजिम टान कार्यसमितिले थापालाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको हो । स्याङ्जा घर भएका २८ वर्षीय थापाले हस्पिटालिटी एन्ड टुरिजम म्यानेजमेन्ट विषयमा बेलायतको सिफिल्ड हलाम विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ । समितिले एक महीनाको अध्ययनबाट कडा प्रतिस्पर्धाका बीच सिइओ छनोट गरेको टानका मिडिया संयोजक गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

नवनियुक्त सिइओ थापालाई टानका अध्यक्ष दाहालले स्वागत गर्दै थापाको कार्यकालमा टानको कुशल व्यवस्थापन र पदयात्रा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने उल्लेख गर्नुभयो । टानका महासचिव आङ पेम्बा शेर्पाले सिइओ थापाको सफल कार्यकालको कामना गर्नुभएको थियो । कार्यक्रममा टानका पदाधिकारी र कर्मचारीको उपस्थिति रहेको थियो ।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *