छुरा प्रहारबाट एक घाइते

कोशी प्रदेश समाचार

इनरुवा, १३ मङ्सिर 

सुनसरीको इटहरी उपनगरपालिका–९ हटियालाइनमा सञ्चालित एक्टिभ मनी ट्रान्सफरका सञ्चालक अपरिचित व्यक्तिको छुरा प्रहारबाट बुधबार घाइते हुनुभएको छ ।

मनी ट्रान्सफरमै आएका दुई अपरिचित व्यक्तिले सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरी फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो ।

उहाँको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र छुरा प्रहार गर्ने व्यक्तिको खोजतलास जनाइएको छ ।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *