वडाध्यक्षको बुढाको निधन

समाचार

घोराही, १३ मङ्सिर

घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष लक्षिनप्रसाद बुढाको निधन भएको छ । उहाँको आज बिहान वडा नं १५ मा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि जण्डिसले थलिनुभएका बुढाको काठमाडाँै, भारतको दिल्ली र बैङ्लोरका अस्पतालमा उपचार गरी केही समय अगाडि घर फर्कनुभएको थियो । तत्कालीन नेकपा एमालेका तर्फबाट स्थानीय निकायको चुनावमा निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर मतले विजयी हुनुभएका बुढाले आफ्नो वडामा लोकप्रिय कामसमेत गरिरहनुभएको थियो ।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *