चुवामा कांग्रेस त्यागेर नेकपामा प्रवेश

Featured गण्डकी प्रदेश समाचार

पर्वत ।

जिल्लाका कुश्मा नगरपालिका वडा न ८ चुवामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसमा लामो समय योगदान पुराएका चुवाका शालीकराम गिरी सहितका ब्यक्तिहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन ।
नेपाली कांग्रेसको पुरातनबादी सोचले देश विकास नहुने भन्दै गिरी नेकपामा प्रवेश गरेका हुन । गिरीलाई एक कार्यक्रमका वीच नेकपाका गण्डकी प्रदेश कमिटि सदस्य तथा प्रतिनिधि सभाका सांसद पदम गिरीले टिका तथा माला लगाई नेकपामा स्वागत गरेका छन ।
गिरीलाई स्वागत गर्दै सांसद गिरीले देश परिर्वतन र विकासको यात्रामा सहभागी हुने सवैलाई कम्युनिष्टको झण्डा भित्र गोलबन्द गर्नु आफू आतुर रहेको बताए । उनले छोटो अवधिमा कम्युनिष्ट सरकारले देखिने गरी दिर्घकालीन कामहरु सम्पन्न गर्ने दावी गर्दै अरुलाई दोष लगाउनु भन्दा विकास योजनाहरु सम्पन्न गरेर देखाउने दिन आएको बताए ।
नेपाल कम्युनिष्ट पाटी वडा संयन्त्रले आयोजना गरेको उक्त कार्यक्रममा नेकपाका जिल्ला कार्य दल सदस्य तथा युवा नेता गोविन्द पहाडी, नेकपा जिल्ला सदस्य इश्वर गिरी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । वडा संयन्त्रकी सदस्य मुगा पोखरेलको अध्यक्षतमा सम्पन्न कार्यक्रममो स्वागत खिमलाल पोखरेल र सञ्चालन हरीनारायण गिरीले गरेका थिए ।
पार्टी प्रवेशसंगै लामो समय कांग्रेसको पकड क्षेत्र मानिने चुवामा कम्यूनिष्ट पार्टीको बर्चश्व बढदै गएको स्थानीयबासी बताउँछन ।

source :looktantra online

Leave a Reply

Your email address will not be published. Required fields are marked *