चुल्हो निभेकाको चुल्हो वाल्न संसाद बरालको आग्रह

गण्डकी प्रदेश समाचार

पोखरा ३, वैशाख
गण्डकी प्रदेश सांसद रामजी बराल (जिवन) ले देशमा हाल कोरोना भाइरसको कारण लकडाउन भएको अबस्थामा चुल्हो निभेकाको चुल्हो बाल्न आग्रह गरेकाछन्। पोखरा महानगरपालिका वडा नम्बर ३ स्थित बालमन्दिर टोल क्षेत्रमा बुधबार पुगेका सांसद बरालले केही स्थानीय बासिको गुनासो सुने पछि पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रविन्सन प्रजु सहितको टोलीलाई तत्काल समस्यामा भएकाहरुको व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।


सांसद बरालले भने “हाल देशमा भएको यो विसम परिस्थितीमा अति विपन्न र ज्यालादारी मजदुर जसको कुनै आयआर्जन र चुल्हो नै बल्न सकेको छैन त्यस्ता व्यक्ति एवं परिवारको पहिचान गरी राहत दिनुपर्छ, यसमा स्थानिले वडा तथा महानगरलाई समेत सहयोग गर्नुपर्छ । ”एकै घर परिवारको नाम दोहोरो रुपमा टिपाएको र केही घर परिवार पहिलो चरणमा राहत लिन नआएकोले गर्दा केही समस्या रहेकोले त्यसलाई सांसद बरालले भने अनुसार राहत नपाएका र तत्काल चुल्हो निभ्ने अबस्थामा पुगेकालाई आफुहरुले छिट्टै व्याबस्थापन गर्ने भएको अध्यक्ष प्रजुले जनाए । पोखरा ३ मा महानगरबाट ४ सय ७९ जनालाई राहत वितरण गरेको अध्यक्ष प्रजुले जनाए ।
बालमन्दिरटोल ÷शंकरटोलका एक स्थानिय रोहित परिवारले आफुसंगै रहेका अन्य केही स्थानियले राहत नपाएकोमा रात उपलब्ध गराउनु पर्ने माग गरेकाछन्। उनले भने “ राज्यले दिने भनेको राहत लाभग्राहिले नपाएमा आन्दोलन हुन्छ । ” बालमन्दिर टोलकी विर सुब्बा गुरुङले कोरोना भाइरसको कारण हाल देशमा लकडाउन भएकोले ज्याला मजदुर गरी घर खर्च चल्दै आएकोमा ५ जनाको परिवारको लागि आज (बुधबार) सम्म चामल भएको तर भोलिबाट आफुहरुले खाने चामल नभएको गुनासो गरिन् । उनी जस्ता करिब ३५ घर परिवारको यस्तै समस्या रहेको छ। बालमन्दिर टोलसहित निलगिरी टोल, कोपिल ढुंगा, नारायणथान मन्दिर नजिक लगायतको क्षेत्रमा राहतको समस्या भएको स्थानियको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *