चितवनमा एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या

Featured समाचार समाज

भरतपुर महानगपालिका वडा नं १८ शशिनगरवाट विहान विहानै दुखद खवर छ , नेपाल सैनिकमा कार्यरत (मगर ) दाइका श्रीमती , छोरा र छोरी सवै घर भित्र कोठामा यसरी झुण्डिएको अवस्थामा फेला परेका छन , यो खवर अहिले विहानको हो ! तीन जना कसरी एकै स्थानमा पासो लाउन सके होलान ? कारण के थियो ? मरणको कारण के हो अहिले शवको पोष्टमार्टम र थप अनुसन्धान चलिरहेको छ !!!
(महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् ।

घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३-१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११-१२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको हुन , उनीहरुको शवलाई परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ ।

एकै स्थानमा तीन जनाले आत्महत्या गरेपछि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी जानकारी दिए। मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाली आर्मीमा काठमाडौँमा कार्यरत रहेका छन् । आमाले नै छोराछोरीलाई झुण्ड्याएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीको आशङ्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *