म्याग्दी, २७ माघ ।
म्याग्दीको सदरमुकाम बेनी देखी रंघुगंगा गाउपालिका वडा २ भगवती जादै गरेको ग१ ज ५८९९ नम्वरको जिप दुर्घटना भएको छ ।
बेनी देखि राखु जादै गर्दा गदेश्वर पारी रघुगंगा गाउँपालिका ३ पिप्लेको उकाली सडमा बाट जिप अनियन्त्रीत भई एक सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी बैकुण्ठ पौडेलले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार जिमा सवार ९ जना यात्रु घाईते भएको र दुई जना गम्भिर घाईते भएका छन् । घाईतेलाई जिल्ला अस्पताल म्याग्दीमा ल्याइएको छ । पुरा विवरण आउन बाकी रहेको छ