१२ आश्विन, आउदो अक्टोबर १ देखि घान्द्रुक समाज हङकङद्वारा आयोजना हुने बाह्रौं पुरुष तथा छैटौ महिला भलिबल प्रतियोगितामा पर्वत क्लब हङकङको निमन्त्रणामा गण्डकी प्रदेशका चर्चित भलिबल खेलाडी मिडल ब्लकर हिमाल सुनारी आज शनिबार विहान हङकङ पुगेका छन। उनी पर्वत क्लब हङकङको तर्फबाट उक्त प्रतियोगितामा भाग लिने छन ।
गण्डकी प्रदेशका चर्चित भलिबल खेलाडी हिमाल सुनारीलाई हङकङको अन्तर्राष्ट्रिय विमानस्थल चेप लाप कोकमा पर्वत क्लब हङकङका अध्यक्ष काजीमान गुरुङले खादा लगाई फुलको गुच्छा र क्लबको टिसर्ट हस्तान्तरण गरी क्लबको तर्फबाट स्वागत गरेका थिए । साथै सुनारीलाई क्लबका सह-कोषाध्यक्ष बालराज गुरुङ, टिम व्यवस्थापक फिरोज गुरुङ, टिम प्रशिक्षक इन्द्र गुरुङ र पूर्व नेपाली राष्ट्रिय भलिबल खेलाडी तथा पर्वत क्लब हङकङका सदस्य सञ्जय अर्याल लगायतले खादा लगाई स्वागत गरेका थिए।
What do you feel about this post?
Like
Love
Happy
Haha
Sad

