गण्डकी प्रदेशस्तरीय महिला महोत्सव माघ २५ देखि

समाचार

चिप्लेढुङ्गा, १४ माघ 

पर्वतको कुश्मा बजारमा रहेको रेडियो दिदी बहिनी ९५.२ मेघाहर्जले १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एघाराँै गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियोको नवाँै वार्षिकोत्सव कार्यक्रम गर्ने भएको छ ।

रेडियोका अध्यक्ष कल्पना चापागाईंले माघ २५ देखि फागुन ५ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा कला, संस्कृतिको संरक्षण र घरेलु वस्तुको प्रवद्र्धन गर्दै महिलाको क्षमता अभिवृद्धि तथा समानताको आवाजलाई प्रतिस्पर्धामार्फत चेतना अभिवृद्धि गर्ने बताउनुभयो ।

विसं २०६६ फागुन २४ गते अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्थापना भएको रेडियोले स्थापनाकाल देखिनै सो महोत्सव आयोजना गर्दै आएको छ । सेवामूलक कार्यक्रमका साथै विविध प्रतियोगिता आयोजना समेत गरिने उक्त महोत्सवमा विजयी हुनेहरूलाई पुरस्कृत गरिने भएको छ ।(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *