खोलाबेसी टोल बिकास संस्थाको अध्यक्ष कृष्णराज आचार्य :

समाचार समाज

पोखरा, ६ माघ ।
खोलाबेसी टोल बिकास संस्थाको अध्यक्ष कृष्णराज आचार्य निर्वाचित भएका छन् । पोखरा महानगरपालिका वडा नम्वर ३१ मा रहेको खोलाबेसी टोल बिकास संस्थाको शनिबार सम्पन्न चौधौं बार्षिक साधारण सभा एवं चौथो अधिबेशनबाट आचार्य सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

संस्थाको उपाध्यक्षमा सुर्य प्रसाद सुबेदी, सचिबमा कमल सुबेदी, सहसचिबमा शिबहरी सुबेदी र कोषाध्यक्ष रमादेबी दाहाल सुबेदी चयन भएका छन् । यसैगरी सदस्यहरुमा सन्तोस सुबेदी , सुर्यमोहन बराल, महेश गुरुङ, बिक्की सुबेदी, रोषनी गौतम र रुकमाया सुबेदीलाई चयन गरिएको छ । संस्थाका सल्लाहकारहरुमा शंकर सुबेदी, रामचन्द्र सुबेदी, कुल प्रसाद सुबेदी, शिबराज आचार्य, बैन बहादुर गुरुङ, मनहरी सुबेदी, बलराम सुबेदी, कुम्भसिंह गुरुङ, नेत्र प्रसाद बराल, छबिराम सुबेदी र टेकनाथ बराललाई मनोनित गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं कास्की संघिय निर्वाचन क्षेत्र नम्वर १ का सांसद खगराज अधिकारीले आफ्नो ठाउँको बिकासका लागि आफै जागरुप हुनुपर्नेमा जोड दिदै आफ्नो गाउँ आफै बनाउ भन्ने निति अबलम्वन गर्न जरुरी रहेको बताए । अहिले अधिकार पहिला जस्तो केन्द्रमा मात्रै सिमित नरहेको भन्दै अधिकारीले प्रदेश, स्थानिय तह र वडा कार्यलयहरु आफै सरकार भएको र यि तहहरुबाटै बिकास निर्माणका काम गरिने भएकोले केन्द्रको मुख नताक्न पनि आग्रह गरे ।

नेपाल कम्युनिष्ट पाटी नेकपाका कास्की जिल्ला संयन्त्र सदस्य दामोदर बैरागीले स्थानिय उत्पादनमा जोड दिदै खोलाबेसी किन र के का लागि आउने भन्ने बनाउन आवश्यक रहेको बताए । जिल्ला समन्वय समिती कास्कीका उपप्रमुख साबित्री भण्डारीले बिकास निर्माणका कामको अनुगमन गर्ने आफुहरुको जिम्मा भएकोले उक्त काम जिम्मेवारी पुर्वक गर्ने भन्दै पोखरा महानगर ३१ को जनप्रतिनिधी पनि भएकोले यस क्षेत्रको बिकासमा पनि सहजिकरण गर्ने बताईन् । पोखरा महानगरपालिका वाड नम्वर ३१ का अध्यक्ष कमल बहादुर थापाले अब खोलाबेसीलाई बिकट र पोखराको कर्णाली हुन नदिने भन्दै आफु खोलाबेसीको बिकासका लागि सधैं अगाडि रहेको बताए ।

खोलाबेसी टोल बिकास संस्थाका अध्यक्ष शंकर प्रसाद सुबेदीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेकपाका जिल्ला नेताहरु युवराज पौडेल, मिलन सुबेदी, शंकरनाथ पौडेल, बिजया सुबेदी, बैन बहादुर गुरुङ, पोखरा महानगरपालिकाका कानुनी सल्लाहकार राममणी अधिकारी, स्थानिय नेता गणेश बहादुर थापा लगायतले बोलेका थिए ।

खोलाबेसी टोल बिकास संस्थाका कोषाध्यक्ष कमल सुबेदीले स्वागत गरेको कार्यक्रमको संञ्चालन टोल बिकास संस्थाका सचिब कृष्णराज आचार्यले गरेका थिए ।उक्त अवसरमा खोलाबेसी माईती हुने चेलिबेटीहरु बिच भेटघाट सहितको बनभोज कार्यक्रम पनि आयोजना गरिएको थियो ।

खोलाबेसी टोल पोखरा महानगरपालिकाको पुर्व क्षेत्रमा पर्ने भौगोलिक रुपमा पछि परेको बस्थी हो । सो टोलको सिमाना पोखरा महानगरपालिकाको वडा नम्वर २८, मादी गाउँपालिकाको वडा नम्वर १२ र रुपा गाउँपालिकाको वडा नम्वर ७ संग जोडिएको छ ।
निर्वाचित भएपछि पहिलो पटक सो स्थानमा पुगेका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं कास्की संघिय निर्वाचन क्षेत्र नम्वर १ का सांसद खगराज अधिकारीसंग स्थानियबासीले तिन वटा स्थानिय तहको संगमस्थल भएर पनि आफ्नो टोल पछाडी परेको गुनासो गरेका थिए ।

http://www.googlepokhara.com/kholabesi/

Leave a Reply

Your email address will not be published. Required fields are marked *