कार्यकारी अध्यक्षको आरोप पत्र प्रधानमन्त्री प्रतिको कुण्ठा र सत्ता मोहको प्रतिविम्ब–विमल लामिछाने

Featured गण्डकी प्रदेश राजनीति समाचार

८ मसिर २०७७ पर्वत । नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवादलाई लिएर देश भरिका नेता कार्यक्रताहरुले सत्ता मोहकै कारण पार्टी विभाजन हुन नहुने कुरालाई जोड दिएका छन । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी पर्वतका सचिवालय सदस्य विमल लामिछाने ले कार्यकारी अध्यक्ष कमरेड प्रचण्डको आरोप पत्र जति पटक पढे पनि त्यहाँ प्रधानमन्त्री तथा पहिलो अध्यक्ष केपी शर्मा ओलीज्यु प्रतिको कुण्ठा र सत्ता प्रतिको मोह बाहेक केहि भेटिदैन भन्दै आफ्नो विचार राखेका छन ।

सामाजिक संजालमा उनले लेखेका छन पार्टीमा बहस हुनु स्वाभाविक नै हो । बहस बिचार,नीति,निश्चित मूल्य र मान्यताहरुको आलोकमा हुने गर्दछ । तर पछिल्लो समय कार्यकारी अध्यक्ष कमरेडले सचिवालय बैठकमा पेश गर्नु भएको आरोपपत्र बहसका निम्ति नभई झगडाका निम्ति हो भन्ने कुरा प्रस्ट नै छ । जहाँ बहस हुन्छ त्यहाँ बिचार,नीति र बिधि प्रदान हुने गर्दछ जहाँ झगडाको उदेश्य हुन्छ त्यहाँ आरोप, कुण्ठा र नियोजित भ्रमहरु प्रदान हुने गर्दछन ।कार्यकारी अध्यक्ष कमरेडको आरोप पत्र जति पटक पढे पनि त्यहाँ प्रधानमन्त्री तथा पहिलो अध्यक्ष प्रतिको कुण्ठा र सत्ता प्रतिको मोह बाहेक केहि भेटिदैन !!!!!

https://www.facebook.com/bimal.lamichhane.96/posts/4772963199412373

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *