काठमाण्डौंमा मंसीर १३ देखि १६ गतेसम्म सवारीमा जोर बिजोर प्रणाली लागु हुने

समाचार

मंसिर ११

काठमाण्डौं उपत्यकामा चल्ने सवारी साधनमा मंसीर १३ देखि १६ गतेसम्म जोर विजोर प्रणाली लागु हुने भएको छ । १४ गतेदेखि १७ गतेसम्म हुने एशिया प्यासिफिक सम्मेलनमा सहभागि हुन आउने विभिन्न देशका अति विशिष्ट र विशिष्ट व्यक्तिहरुको सवारी आवागमनलाई व्यबस्थित बनाउन गृह मन्त्रालयको निर्देशनमा जोर विजोर प्रणाली लागु गरेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ । १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बरको सवारी चलाउन पाउने व्यवस्था गरिएको छ ।  सवारी साधनको अन्तिम अंकको आधारमा सो प्रणाली लागु गरिएको समेत ट्राफिक कार्यालयले विज्ञप्तिमा उल्लेख गरेको छ । अत्यावश्यक सेवा  र शैक्षिक संस्थाका सवारीमा भने सो प्रणाली लागु नहुने विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *