कर छुट गर्न माग गर्दै गैर सरकारी संस्थाहरु

Featured समाचार

पोखरा १२ पौष ।
पोखरामा रहेका विभिन्न गैर सरकारी संस्थाहरुले विभिन्न शीर्षकमा तिर्दै आएको कर छुटको माग गरेका छन् ।
आन्तरिक राजस्व कार्यालय पोखरामा ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले गैर सरकारी संस्थाहरु गैर नाफामूलक संस्था भएको भन्दै करमा छुटको माग गरेका हुन् ।
गैर सरकारी संस्था महासंघ नेपाल कास्कीका अध्यक्ष पदम पहारीको नेतृत्वमा पुगेको सचिवालय समितीको टोलीले आन्तरीक राजश्व कार्यलय पोखराका प्रमुख केशव उप्रेतीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनीहरुले गैर सरकारी संस्थाहरुलाई लगाईएका विभिन्न करका बिषयमा छलफल गरेका थिए । छलफल पछि आगामी दिनमा कानुनी प्रक्रिया अनुरुप आएका कर छुटका बिषयहरुमा छलफल गर्दै प्रमाण पत्र दिइने आन्तरिक राजस्व कार्यालयका प्रमुख उप्रेतीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *