कंडेलको अध्यक्षातामा पर्बत पाङराङ पोखरा सम्पर्क मंच गठन

Featured गण्डकी प्रदेश समाचार

पोखरा, १ मंसिर ।
पर्बत जिल्ला साबिक फलेबास ११ पाङराङ बाट पोखरामा बसेर बिभिन्न पेशा–ब्यबसायमा कार्यरतहरुको भेलाले तेजेन्द्र कंडेलको अध्यक्षतामा पर्बत पाङराङ पोखरा सम्पर्क मंचको तदर्थ समिती गठन गरेका छन ।
नव गठित सम्पर्क मंचको उपाध्यक्षमा किशान सुनार, सचिबमा भाष्करराज पाण्डे। सहसचिबमा कृष्ण प्रसाल पाठक, कोषाध्यक्षमा जमुना कंडेल रहेका छन । यसै गरि कार्यसमितीको सदस्यहरुमा आशा नेपाली, भूमिराज पाठक, प्रेम सुनार, सरिता नेपाली, प्रकाश पाठक र बिनोद पाण्डे रहेका छन ।
मंचको सल्लाहाकारमा क्या. ओम बहादुर पाठक, थानेश्वर पाण्डे, केशब पाठक र नारायण प्रसाद पाण्डे रहेको मंचले जनाएको छ । मंचले संस्थालाई बैधानिक रुपमा अघि बढाउन अध्यक्ष तेजेन्द्र कंडेलको संयोजकत्वमा तिन सदस्यिय बिधान मस्यौदा समिती गठन गरेको छ । अध्यक्ष कंडेलले एक महिना भित्रै जिल्ला प्रशासन कार्यालयमा संस्थ दर्ता गर्ने बताए । उनले पाङराङ बाट पोखराका विभिन्न ठाँउमा छरिएर बसेकाहरुलाई संगठित गर्दै गाँउको बिकास तथा अन्य सामाजिक अभियानमा प्रेरित गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *