उपत्यकामा शैक्षिक संस्थालाई क्वारेन्टाईनको रुपमा प्रयोग गरिने

समाचार

काठमाडौं – उपत्यकामा हुन सक्ने सम्भावित संक्रमणलाई नियन्त्रण गर्न सरकारले उपत्यकामा रहेका शैक्षिक संस्थाका दुई हजार एक सय पाँचलाई कक्षाकोठालाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने भएको छ । पर्यटनमन्त्री योगेश भट्टराई संयोजकत्वको कोभिड–१९ विरुद्ध क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलले माग गरेबमोजिम हिसानका महासचिव लोकबहादुर भण्डारीले सोमबार क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सकिने शैक्षिक स्थलको विवरण बुझाएको छन् । प्रस्तावित विवरणलाई अनुगमन गरी उपयुक्तलाई छनोट गर्नेसरकारको तयारी रहेको छ ।

प्रस्तावित निजि संस्थाहरुमा आवास एवं खाना र स्वास्थ्यको प्रवन्ध गरि ब्यवस्थापन गरिने तयारी रहेको जनाईएको छ । लिटिल एन्जल्स कलेज, बूढानीलकण्ठ स्कुल , एड्भान्स इन्जिनियरिङ कलेज ,भक्तपुर निस्ट, ब्रिलियन्ट एजुकेसनल सेकेन्डरी स्कुल , क्यानभास इन्टरनेसनल कलेज , क्यास्पियन भ्याली कलेज, सिसिआरसी कलेज, कसमस कलेज, चाणक्य कलेज अफ म्यानेजमेन्ट लगाएत ६९ विद्यालय एवं कलेजको संख्या उल्लेख गरि प्रस्ताव गरिएको छ ।

Source :Teducation sanchar

Leave a Reply

Your email address will not be published. Required fields are marked *