अरुणा डिस्टिलरी प्रा० लि० मा आज शान्तिपूर्ण अनिश्चित ताला बन्दी गरिएको छ

विशेष समाचार

अरुणा डिस्टिलरी प्रा.लि.मा अनिश्चितकालिन ताला बन्दी सरावल, २८ कार्तिक नवलपरासीको रामग्राम नगरपालिका १७ पट्खौली स्थित अरुणा डिस्टिलरी प्रा० लि० मा आज शान्तिपूर्ण अनिश्चित ताला बन्दी गरिएको छ। दुर्गन्ध र वातावरण प्रदुषण गरेको भन्दै स्थानीय बासि, जनता मा.बि मनरीका बिद्यार्थी ,पटखाैँली तथा मनरी गाउँबासिकाे सक्रिय सहभागीतामा अनिश्चितकालिन ताला बन्दी गरिएको छ। भेषनारायण चौधरीकाे अध्यक्षतामा भएको अनिश्चितकालिन ताला बन्दीमा समाजसेवी सुशान्त शर्मा घिमिरे,कृपाकाैशल चौधरी ,रामभवन यादव लगाएतले दुर्गन्धलाई नियन्त्रण नगरेसम्म हाम्रो अान्दाेलन एवम तालाबन्दी निरन्तर जारी रहन्छ भन्ने कुराकाे दाबी गर्नुभएको थियाे। प्रभावित गाउँबासि मनरी,तिलाैलि, पटखाैलि तथा जनता मा०वि० मनरीका विद्यार्थीहरु र विभिन्न स्थानीय प्रतिनिधिहरुको सहयोगमा सो कम्पनीका प्रबन्धक तथा प्रशासन बिच दुर्गन्धलाई लिएर बारम्बार सम्झौता एवं ताकेता गर्दा समेत दुर्गन्ध व्यवस्थापन गर्न सुनुवाइ नभएको हुँदा अाज यस कम्पनीको बिरोध सहित अनिश्चितकालिन ताला बन्दी स्थानीय बासिले गरेका छन । कम्पनी बिगत पाच बर्षदेखि सन्चालनमा अाएकाे र त्यस कम्पनीकाे दुर्गन्धबाट गाेइनि,अहिराैलि,मनरी,श्रीनगर ,बैकुन्ठापुर,कुनवार,तिलाैलि,पटखाैलि,बासा,परासी,पिपरहिया,काेठिलहा,मगरमुडहा,पिपरा ,सरावल लगाएतका गाउँमा दुर्गन्ध गएकाे हुनाले त्यहाका स्थानीय बासिमा रुघाखोकी,दम लगाएतका राेगहरुकाे समस्या देखा परेको छ। उक्त कम्पनीका प्रबन्धक एवं प्रशासनले बिगतमा फलफूलको जुसको कम्पनी बनाउने भनेर जग्गा धनिसंग जग्गा लिएको थियाे। उक्त ठाउँको जग्गाधनीसंग तथा त्यहाँको स्थानीयलाई ठगि गरेको र अहिले शिक्षा,स्वास्थ्य,खानेपानी, सिचाइमा समस्या भएको र अनेकौं रोगहरुले ग्रसित हुन परेकोले अाज अनिश्चितकालिन ताला बन्दी गरिएको गाेइनि बासि आदित्य खवासले जानकारी दिनुएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *