अन्नपूर्णका विद्यार्थीलाई प्याराडिसो स्पोर्टस् बारको न्यानो कपडा र शैक्षिक सामग्री

खेलकुद शिक्षा समाचार

पोखरा, ६ पुष

पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलले माछापुच्छे गाउँपालिका ८ ल्वाङघलेल कालिमाटीमा रहेको अन्नपूर्ण आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको छ ।

विद्यालयमा रहेका ३० जना विद्यार्थीलाई न्यानो कपडा ज्याकेट, शैक्षिक सामग्री र खेलकुदको सामग्री प्रदान गरेका छन् । प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेल, सुपरभाइजर झम्क ढकाल, सेफ पुर्ण दाहाल लगाएतले विद्यार्थीहरुलाई ज्याकेट र अन्य सामग्री प्रदान गरेका थिए ।

सामग्री हस्तान्त्ररण कार्यक्रममा प्याराडिसोका म्यानेजर हरी पौडेलले शैक्षिक सामग्री र न्यानो कपडाले विद्यार्थीको शिक्षा हासिल गर्नमा सहयोगी हुने बताए । उनले बारको सामाजीक उत्तरदाइत्व अन्तरगत सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए ।

अन्नपूर्ण आधारभूत विद्यालयक व्यवस्थपान समितिका अध्यक्ष दिपकराज ढुङ्गाना, सचिब पशुपति दाहाल, विद्यालयका प्रधानध्यापक दिपलाल दाहालले शैक्षिक सामग्रीको सहयोगले विद्यार्थीमा शैक्षिक उर्जा बढ्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *