पोखरा रोयलमा ४३ प्रतिशत युवा सदस्य

शिक्षा समाचार

पोखरा रोयलमा ४३ प्रतिशत युवा सदस्य
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आवद्ध सदस्यहरु मध्ये १८ देखि ४० वर्ष उमेर भित्रका सदस्यहरुको संख्या ३८०३ अर्थात कूल सदस्य संख्याको ४३ प्रतिशत रहेको छ ।
हाल संस्थामा ८७९४ जना सदस्यहरु रहेका छन् । सार्वजनिक भएको युवा सदस्यको तथ्याँक बमोजिम २७९४ जना महिला सदस्य र १००९ जना पुरुष सदस्य रहेका छन् । तथ्याँक बमोजिम १८ देखि
२५ वर्षसम्मका मात्र आँकाडा हेर्दा जम्मा सदस्यहरु ६०५ जना र २५ देखि ४० वर्ष सम्मका युवा सदस्यहरुको संख्या भने निकै अधिक अर्थात ३१९८ रहेका छन् । यसले सहकारी आवद्ध सदस्यहरु मध्ये
युवाहरुको अवस्था हेर्दा केहि न केहि पेशा वा व्यवसायमा आवद्ध रहेका, विश्वविधालयका पढाई सकेका र युवाहरु मध्ये विवाहित सदस्यहरुको बाहुल्यता रहेको तथ्याँकले बताउछ । संस्थामा कूल युवा सदस्यहरु
मध्ये २३२४ जना अर्थात ६१ प्रतिशत सदस्यहरु विवाहित रहेका छन् । ग्लोवल मनी विक २०२३ को साप्ताहिक कार्यक्रम बमोजिम संस्थाले गत चैत्र ६ देखि १२ गतेसम्म युवा लक्षित विविध गतिविधीहरु सञ्चालन गरेको थियो । सप्ताहको अन्तिम दिन संस्थाले उक्त तथ्याँक सार्वजनक गरेको हो । साप्ताहिक कार्यक्रम बमोजिम संस्थाले १८८ युवा सदस्यहरुलाई सम्मान तथा स्वागत, दुई वटा विधालयका ४२ जना विधार्थीहरुसंग कफि गफ र सहकारीको अवलोकन, बाल बचत कर्तालाई खुत्रुके बक्स वितरण, वित्तीय साक्षरता सम्वन्धमा दैनिक रुपमा चेतनामूलक सामग्री प्रकासन, “सुन्दर भविष्यको लागि बचत” शिर्षकमा अन्तर कर्मचारी निवन्ध प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगितामा ३३ जना कर्मचारीहरुले भाग लिएका छन् । सहभागि मध्ये उत्कृष्ठ ३ जना कर्मचारीलाई ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कृत गर्ने र उत्कृष्ठ निवन्धलाई अनलाईन मार्फत प्रकासन गरिनेछ ।त्यसरी नै युवा सदस्यहरुलाई सहकारीको विषयमा थप ज्ञान तथा शीप सिकाउने उद्धेश्य बमोजिम नयाँ वर्ष २०८० को वैशाख पहिलो हप्तामा १०० यूथ, सहकारी दूत गोष्ठी सम्पन्न गर्ने निणर्य समेत गरेको छ । गोष्ठीले युवालाई सहकारीमा आकर्षण गराउने, व्यवसाय गर्न चाहने युवा सदस्यहरुलाई आवश्यक शीप र पूँजीको लागि व्यवस्थापन गर्ने र युवा अवस्थादेखि नै असल सहकारीकर्मी बनाउने गरि गोष्ठीको योजना बनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *