प्रथम जैमिनि कप भलिबलमा इन्फोम्याक्स प्रा.लि. बिजयी

Featured समाचार

हरिकृष्ण शर्मा
बागलुङ्ग जैमिनि, 4माघ

खेलकुदको विकास, संस्कृति जगेर्ना, कृषिको प्रदर्शनि र पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले जैमिनि नगरपालिकाको कुश्मिसेरा बजारमा सम्पन्न प्रथम जैमिनि महोत्सव (पाैष ७ – माघ ३) सहारा क्लब तथा जैमिनि नगरपालिकाको संयुक्त रुमपा आयोजित कार्यक्रमको समापनमा क्लबका

अध्यक्ष सुरेश सुनारको अध्यक्षता र ने.क.पा. का केन्द्रिय सदस्य एवं बागलुङका पूर्व जिल्ला सभापति लिल बहादुर थापाको प्रमुख आतिथ्यता, जैमिनि नगरका प्रमुख इन्द्र राज पाैडेल, उपमेयर लिला राना को बिशेष आतिथ्यतामा सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले जैमिनि महोत्सबमा खेलकुद तथा यस क्षेत्रको बिकासको लागि आफुले लामो समयदेखि सहयोग गर्दै आएको र अबको दिनमा पनि आफ्नो सहयोग रहने र जैमिनि र समग्र बागलुङ्गे संस्कृति र माैलिकताको जगेर्ना गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

महोत्सवमा संचालित खुला पुरुष भलिबल प्रतियोगितमा इन्फोम्याक्स प्रा.लि. पोखराले बा.न.पा. ८ सिगानाको टिमलाई पछि पार्दै प्रथम स्थान हासिल गरि पुरस्कार स्वरुप नगद रु. १,०,१,१११.०० सहित मेडल, ट्रफि र प्रमाणपत्र हात पारेको छ भने उपबिजेता बानपा ८ को टिमले नगद रु. ५०,०००.०० सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।

जैमिनि महोत्सवमा दोहोरि गित तर्फ प्रथम बाराहि रोदि घर पोखरा , द्वितियमा दोहोरि गित प्रतिस्थान धादिङ्ग, दोहोरि गित प्रतिस्थान गोर्खा तृतिय र सान्तवनामा कालापातल कन्ट्रक्शनको टिमले क्रमशःनगद रु. ५० हजार, ३० हजार, २० हजार र १० हजार सहित प्रमाणपत्र हात पारेका छन् ।

महोत्सवमा खुला नाचगान तथा अन्य बिबिध कार्यक्रम समपन्न हुनुका साथै कार्यक्रममा बागलुङ समाज पोखराका अध्यक्ष कुलचन्द्र शर्मा, ने.क.पा.का युबा नेता प्रदिप थापा, रमेश के.सि., तरुण दल बागलुङ्ग क्षेत्र नं. १ का अध्यक्ष दब बहादुर श्रिस राना, रास्ट्रिय स्तरका कलाकारहरु, जैमिनि नगरका कार्यकारि अधिकृत, वडा अध्यक्षहरु, समाजसेबि, लगाएतको उपस्थिति रहेको थियो ।

समापन कार्यक्रमा चित्र चापागाई, ने.का. का केन्द्रिय महाधिबेशन प्रतिनिधि एंव नेबिस‌ंघका केन्द्रिय सहमहामन्त्रि हरिहर शर्मा पाैडेल लगायतले स्बागत मन्तब्य राखेका थिए भने कार्यक्रमको स‌ंचालन डिल्लि प्रसाद पाैडेलले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *