अखिल नेपाल किसान महासंघद्धारा कुश्मा नगरपालिकामा २५ बुँदे मागपत्र पेश

Featured कृषि गण्डकी प्रदेश समाचार

नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ कुस्मा नगरकमिटीले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा कृषिक्षेत्रलाई प्राथमिकता दिन माग गर्दै कुस्मा नगरपालिकामा मागपत्र बुझाएको छ ।


अखिल नेपाल किसान महासंघ कुश्मा नगर कमिटिका अध्यक्ष सिर्जन पौडेलको नेतृत्वमा गएको कृषकहरुको टोलीले नगरप्रमुख रामचन्द्र जोशी, उपप्रमुख स्वस्थानी रिजाल र प्रमुख प्रशासकिय अधिकृत कुमानसिंह गुरुङलाई मागपत्र बुझाएको हो । आगामी बजेट नीति तथा कार्यक्रममा समेट्नुपर्ने २५ वटा माग सहित पत्र बुझाईएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
मागपत्रमा सवै वडामा टोल विकास संस्था गठन गर्ने, वडा स्तरीय कृषि सहकारी बनाउने, प्रत्येक वडाको केन्द्रमा कृषि उपज संकलन केन्द्र बनाउने, नगर बजारलाई थप व्यवस्थित गर्न नगरबजारमा सहकारीलाई सहजीकरण गर्न २ जना व्यवस्थापक नियुक्त गर्न माग गरिएको छ । त्यसैगरी तरकारीको उत्पादनको आधारमा अनुदानको व्यवस्था, दुध संकलन केन्द्र, दुध उत्पादक कृषकलाई प्रति लिटर ५ रुपैया अनुदान, तरकारीको दैनिक मूल्य निर्धाण समिति गठन गर्न समेत माग गरेको छ ।


एक रोपनीमा एक खेती मिसन कार्यक्रम, प्रत्येक वडामा नर्सरी स्थापना, व्यावसायीक पशु पंक्षी पालक कृषकलाई उत्पादनको आधारमा अनुदान, सवै पशु र कृषिबालीको निशुल्क विमाको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । त्यसैगरी निशुल्क उन्नत कृत्रिम गर्भाधान कार्यक्रम लागु गर्नेपर्ने, साना किसानहरुका लागि निरन्तर रुपमा अनुदानको व्यवस्था गर्नेपर्ने माग समेत महासंघले गरेको छ ।
मागपत्र बुझ्दै नगरप्रमुख रामचन्द्र जोशीले आफु कृषि क्षेत्रको विकासका लागि सकारात्मक रहेको बताउँदै कृषकमुखि बजेट बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *