दुर्घटनामा एक जनाको मृत्यु

घोराही, १९ मङ्सिर  लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । वेलाबाट गढवातर्फ आउँदै गरेको रा३प ३६२७ नं को मोटरसाइकल गढवा गाउँपालिका–७ मानपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा २० वर्षीय दिनेश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । चौधरीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु […]

Continue Reading

हरियाली बढाउँदै निजी वन

घोराही, १९ मङ्सिर  हापुर–५ का श्रीलोचन लामिछाने निजी वनका पारखी हुनुहुन्छ । उहाँले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको आफ्नो १०१ कट्ठा जग्गामा वृक्षरोपण गर्नुभएको छ । जिल्ला वन कार्यालयबाट स्वीकृति लामिछानेले निजी जग्गामा बिरुवा रोपेर हरियाली बनाउनुभएको हो । घोराही उपमहानगरपालिका–१६ का प्रेमराज लोहोनीले पनि आफ्नो जग्गामा निजी वन बनाउनुभएको छ । उहाँले १३६ कट्ठा जग्गालाई […]

Continue Reading

जाडो छल्न बाहिरिँदै मनाङवासी

मनाङ, १९ मङ्सिर मङ्सिरको शुरुआतसँगै हिमाली जिल्ला मनाङमा विस्तारै चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर जान थालेका छन् । प्रायः बाह्रै महीना मनाङमा जाडो हुन्छ । मङ्सिर, पुस र माघमा बढी जाडो हुने हुँदा यहाँका बासिन्दा जाडो छल्न अन्यत्र सर्ने गर्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र धारापानीका अनुसार […]

Continue Reading

यात्रुसँग मनोमानी भाडा असुली

बैतडी, १८ मङ्सिर  ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित जिपबाट सिट हटाएसँगै यात्रुलाई सास्ती भएको छ । ट्राफिक प्रहरीले बोलेरो जिपको पछाडिको सिट हटाएपछि यात्रु दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य छन् । सवारीसाधन सञ्चालकले नियमविपरीत जिपमा पछाडि सिट थपेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लामा चल्ने ८० भन्दा बढी जिपका सिट झिक्न लगाएको थियो । यसअघि […]

Continue Reading

पर्यटकीय गन्तव्य बन्दै जखेरा ताल

दाङ, १८ मङ्सिर  चुरे पहाडको फेदमा रहेको दाङको लमही नगरपालिका– ५ स्थित जखेरा ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । पूर्व–पश्चिम सिमानामा वन तथा जङ्गल, दक्षिणतर्फ चिक्की परेको मुसुण्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र सो पहाडको फेदमा जखेरा तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । अहिले ताल अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज […]

Continue Reading

दुर्घटनामा एक जनाको मृत्यु

बेझाड, १८ मङ्सिर  तिनाउ गाउँपालिका– ३ हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु३०प ४१९३ नं को मोटरसाइकल दुर्घटना हुँदा मदनपोखरा दमकडाका ३७ वर्षीय गणेश रेग्मीको मृत्यु भएको दोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक एकबहादुर नेपालीले जानकारी दिनुभयो । मोटरसाइकल सडकबाट एक सय मिटर तल तिनाउ […]

Continue Reading

मङ्सिर महीनाभित्र प्रदेश सरकार विस्तार हुने : मुख्यमन्त्री राई

विराटनगर, १७ मङ्सिर प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यही मङ्सिर महीनाभित्रै प्रदेश सरकार विस्तार हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कामको चापको हिसाबले प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार गरिने प्रस्ट पार्नुभयो । मुख्यमन्त्री राईले धेरै विभागसँगै राखेर मन्त्रालय चलाउन अप्ठ्यारो भएको हुनाले मन्त्रालय विभाजन गरी मन्त्रिपरिषद् विस्तार गर्ने […]

Continue Reading

कसरी छानिन्छन् मिस वर्ल्ड ? (श्रृखंलाले रचिन नयाँ इतिहास, मल्टिमिडिया अवार्ड सहित अन्तिम ३० मा सुरक्षित )

एजेन्सी, मंसिर १७ । मिस नेपाल श्रृंखला खतिवडाले चीनमा जारी मिस वर्ल्ड अन्तरगत मल्टिमिडिया अवार्ड जितेकी छिन् । यससँगै अन्तिम ३० मा उनको स्थान सुरक्षित भएको छ । सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै सो महत्वपूर्ण अवार्ड जितेकी हुन् । नेपालकी प्रतियोगीले यो अवार्ड जितेको पहिलोचोटि हो । उनले मल्टिमिडियासँगै […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, १७ मङ्सिर  ः नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर रु २ घटाउने निर्णय गरेको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ तथा डिजेल र मट्टितेल रु ९९ खरीद गर्न […]

Continue Reading

चितुवाको निगरानीलाई क्यामेरा

तनहुँ, १७ मङ्सिर  ः नरभक्षी चितुवाले भानु नगरपालिका क्षेत्रमा १५ दिनको अवधिमा दुई बालबालिकाको हत्या गरेपछि त्यसको निरन्तर निगरानी गर्नका लागि क्यामेरा राखिने भएको छ । चितवन राष्ट्रिय प्रकृति संरक्षण कोषको ‘डार्टिङ” टोलीले सम्भावित क्षेत्रमा चार वटा क्यामेरा राख्न लागेको जिल्ला वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । सम्भावित क्षेत्रमा क्यामेरा राखेपछि चितुवा कता […]

Continue Reading