लकडाउनको अनुगमनमा ड्रोनको प्रयोग

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण नेपाल सरकारद्वारा घोषणा गरिएको देशव्यापी लकडाउन अनुगमनको लागि नेपाल प्रहरीले ड्रोनको समेत प्रयोग गरेको छ । विश्वव्यापी महामारीको रुपमा देखिएको उक्त भाइरसको कारण उत्पन्न विषम परिस्थितिमा घोषणा गरिएको देशव्यापी आवतजावत एवम् यातायात संचालनमा रोक (लकडाउन) अनुगमनको लागि २ वटा ड्रोनको प्रयोग गरी काठमाडौं उपत्यकामा अनुगमन शुरु गरिएको हो ।

Continue Reading

आज चैतेदशैं हिन्दुहरूको महान चाड

पोखरा चैत्र 19 यस वर्षको चैतेदशैं सम्म आईपुग्दा एकतर्फ गएको वर्षको विदाईको तर्कना छ भने अर्को तर्फ नयाँ वर्षको रौनक चढेको छ । दशैं अर्थात् नेपालीहरुको महान चाड अनि नवरात्रिका रुपमा प्रसिद्ध सांस्कृतिक महत्व बोकेको पर्व । यो चैते दशैं पनि असोज कार्तिकमा आउने मुख्य दशैंको एउटा प्रतिबिम्ब चाड हो । पुराना कथनहरुका अनुसार पहिले […]

Continue Reading

कोरोना उपचार कोषमा २ करोड जम्मा गर्ने पूर्वराजाको घोषणा सन्देश सहित

१८ चैत, काठमाडौं पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोन उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सबै पक्षबाट भइरहेको कामको प्रशंसा गर्दै पूर्वराजा ज्ञानेन्द्रले यसलाई अझै प्रभावकारी बनाउन अपील गरेका छन् । साथै लकडाउन बाध्यात्मक अनिवार्यता भएको भन्दै यसकोे पालनामा गैह्र जिम्मेवार […]

Continue Reading

सडकका कुकुुरलाई खाना

काठमाडौँ । लकडाउनका कारण सडकका कुकुर भोकै नहुन् भनी महाङ्काल सडकका कुकुुरलाई खाना खुवाउँदै स्नेहा केयरका सञ्चालिका स्नेहा श्रेष्ठ । तस्बिर : प्रदीपराज वन्त÷रासस

Continue Reading

अति बिपन्न,असहाय र दैनिक ज्यालादारीमा काम गर्नेलाई राहत उपलब्ध गराउँदै महानगर

१ जना, ४ जनासम्म र ५ जनाभन्दा माथि गरी व्यक्ति वा परिवारलाई ३ भागमा बर्गीकरण काठमाडौं । काठमाडौं महानगरपालिकाले अति बिपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार संख्याका आधारमा राहत उपलब्ध गराउने भएको छ । चैत १७ गते राष्ट्रिय सभा गृहमा बसेको नगर कार्यपालिकाको ४३ औं बिशेष बैठकले ‘कोरोना भाइरस सम्बन्धी राहत वितरण मापदण्ड […]

Continue Reading

पाहाडी क्षेत्रको मकैबाली र सिफारिस उन्नत जातहरु

२०७६ चैत १८, पाेखरा मकै ( Zea mays L.) नेपालको एउटा प्रमुख खाधबाली अन्तरगत पर्छ । यो क्षेत्रफल ९९२६६२४०हे।,उत्पादन ९३३७७०३६ टन र उत्पादकत्व २.७४ टन प्रती हे। का आधारमा धानपछि नेपालको दोस्रो सबैभन्दा महत्त्वपूर्ण बाली हो ।यो पाहाडि क्षेत्रको प्रमुख बालिमा पर्दछ जस्ले कुल मकै उत्पादनको ७५ प्रतिशत र क्षेत्रफलमा ८० प्रतिशत योगदान दिएको छ […]

Continue Reading

अनलाइनलाई स्पष्टीकरण, यी हुन् ब्लक गरिएका १४ अनलाइन

काठमाडौं । प्रेस काउन्सिल नेपालले ३६ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई स्पष्टीकरण सोधेको छ भने १४ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई देशैभरिबाट प्रकाशन÷प्रसारण नहुने गरी ब्लक गरेको छ । चैत १० गतेदेखि हालसम्म कोरोना भाइरस (कोभिड– १९) बारे अफवाह फैलाउने, जथाभावी तथ्यहीन समाचार सम्प्रेण गरेर भ्रम फैलाउने अनलाइनहरुलाई स्पष्टीकरण सोधिनुका साथै १४ वटालाई ब्लक गरिएको प्रेस काउन्सिल नेपालका सूचना […]

Continue Reading

कोरोना संक्रमणका सन्दर्भमा सहकारी अगुवासँग मन्त्री अर्यालको छलफल, विपद्‍मा जनताको सहारा बन्न निर्देशन

काठमाडौं । विश्वब्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणका कारण नेपाल एक सातादेखि लकडाउनको अवस्थामा छ । यसै सन्दर्भमा कोभिड-१९ को संक्रमणबाट मानव जीवन रक्षाका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी अभियन्ताहरुसँग छलफल गर्नुभएको छ । राष्ट्रब्यापी रुपमा मजबुत नेटवर्क भएको सहकारी संस्थाका विषयगत केन्द्रीय संघका अध्यक्षहरुसँग छलफल गर्दै मन्त्री अर्यालले […]

Continue Reading

लकडाउनका कारण अलपत्र परेका पर्यटकको उद्धार

मनाङ, १७ चैत मनाङमा अलपत्र परेका विदेशी पर्यटकलाई पोखरा पठाउँदै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मनाङ । लकडाउन हुनुभन्दा पहिले नै मनाङ भित्रिएका विदेशी पर्यटकलाई ङावल, घ्यारु, पिसाङलगायतका ठाउँबाट उद्धार गरिएको हो । तस्बिर ः नविन लामिछाने÷रासस

Continue Reading

लकडाउन उल्लङ्घन गर्नेलाई प्रशिक्षण

तनहुँ, १७ चैत लकडाउनको पालना नगरी विना काम सडकमा हिड्ने सर्वसाधारणलाई सोमबार अनसन चौतारी नजिक खुला चौरमा लगेर प्रशिक्षण दिँदै जिल्ला प्रहरी कार्यालय तनहुँका सुरक्षाकर्मी । कोभिड–१९को सङ्क्रमणबाट सुरक्षित हुन सरकारले लागू गरेको लकडाउन अवधिभर घरबाट बाहिर ननिस्कन ती व्यक्तिलाई प्रहरीले आग्रह गरेका छन् । तस्वीर : सानेबहादुर नेपाली÷रासस

Continue Reading