व्यवसायीको हत्या

घोराही, १४ मङ्सिर  घोराही उपमहानगरपालिका– १३ को सेवा खोला पुन नजीक गए राति एक व्यवसायीको हत्या भएको छ ।घोराहीको वडा नं १४ माथिल्लो बसपार्क नजीक हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका रोल्पाका ४९ वर्षीय नन्दबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेलबहादुर पाण्डेका अनुसार हिजो बेलुकी करीब ८ बजेतिर घर्ती बेवारिसे […]

Continue Reading

लागुऔषधसहित दुई भारतीय पक्राउ

काठमाडौँ, १४ मङ्सिर  महानगरीय प्रहरी वृत्त थानकोटले लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । वृत्तको टोलीले चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट वि आर१एच ६९०८ नंको भारतीय कार जाँचका क्रममा लागुऔषधसहित भारत विहारका १९ वर्षीय सविर अली र सोही स्थानका ५५ वर्षीय करण सहनीलाई बिहीबार राति पक्राउ गरेको हो ।महानगरीय प्रहरी प्रभागका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक […]

Continue Reading

नेपाली मौलिक बाजाका रुपमा स्थापित पञ्चैबाजा जोगाउन जुटे युवा

पाल्पा, १४ मङ्सिर  नेपाली मौलिक बाजाका रुपमा स्थापित पञ्चैबाजा जोगाउन यहाँका परियार समुदायका युवा जुटेका छन् । रम्भा गाउँपालिका–१ हँुगीका पदमबहादुर परियारले शुरुआत गरेको अभियानमा सबै जुटेपछि लोप हुने अवस्थामा पुगेको पञ्चैबाजा संरक्षण भएको हो । पदमबहादुरका परिवारले पञ्चैबाजा बजाउने पेशालाई अँगाले पछि उहाँका परिवारका साथै नयाँ पुस्तासमेत संरक्षणमा जुटेका हुन् । अहिले स्थानीय युवाहरुसमेत […]

Continue Reading

पुरुषद्वारा सम्बन्धविच्छेदको मुद्दा

दार्चुला, १४ मङ्सिर  नयाँ मुलुकी संहिता लागू भएपछि दार्चुला जिल्ला अदालतमा नयाँ प्रकृतिका मुद्दा दर्ता हुन थालेका छन् । उक्त अदालतका अनुसार जिल्लामै पहिलोपटक पुरुषद्वारा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता भएको र यो महिना चार पुरुषले यस्ता मुद्दा मुद्दा दर्ता गराएको डिठ्ठा लक्ष्मीदत्त पन्तले जानकारी दिनुभयो । यस्तो मुद्दा दर्ता गराउनेमा वैदेशिक रोजगारीबाट घर फर्किएका तीन […]

Continue Reading

आम्दानीको स्रोत जडीबुटी

भीमदत्तनगर, १४ मङ्सिर  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेल्डाडीका बाटुदेवी साउद गाउँमा रहेको जडीबुटी प्रशोधन केन्द्रमा अपरेटरको काम गर्नुहुन्छ । गाउँमै जडीबुटी प्रशोधन केन्द्र स्थापना भएपछि विगत दुई वर्षदेखि त्यहाँ काम गर्दै आउनुभएकी साउदले परिवारको खर्चसमेत उही कामबाट टार्दै आउनुभएको छ । उहाँ अपरेटर मात्रै नभएर केही वर्षयता जडीबुटीखेती गर्दै आउनुभएकी किसानसमेत हुन् । थोरै जमीनमा पनि […]

Continue Reading

पाथीभराको भेटी रु ५० लाख

ताप्लेजुङ, १४ मङ्सिर प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव रु ५० लाख सङ्कलन भएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिनुभयो । यस्तै सुन तथा चाँदीलगायत गरगहना […]

Continue Reading

निर्मला प्रकरण : निसाफ नदिने ?

मङ्सिर १३, पोखरा आँगनमा तुलसीको बोट छ । कति फुलिरहेका, कति ओइलाउन लागेका फूल । तर, दुर्गादेवी पन्त न छुन सक्छिन्, न त हेर्न । उखेलेर फाल्न पनि सक्दिनन् । उनैले रोपेको फाल्नु कसरी ! तुलसी र फूल छोरी निर्मलाको अन्तिम नासो हो । फूल फुल्न नपाउँदै निर्मला निमोठिइन् । १० साउनमा घरबाट निस्केकी उनी […]

Continue Reading

निर्मला हत्याकाण्ड : पीडित एकातिर प्रहरी अर्कैतिर

मङ्सिर १३, पोखरा महेन्द्रनगरका झन्डै ३० नागरिकसँग निर्मला हत्याकाण्डका अन्तरकथा, ढिलासुस्ती र निराकरणबारे नेपालले कुराकानी गर्दा सारमा सबैको जवाफ एउटै थियो, ‘बर्खास्त एसपी विष्ट र बम दिदीबहिनीबाट अनुसन्धान थाले वास्तविक हत्यारा पत्ता लाग्न सक्छ ।’ निर्मला प्रकरण सम्बन्धमा प्रहरीप्रति स्थानीय समुदायमा अविश्वास र आक्रोश चुलिँदो छ । प्रहरीले अनुसन्धानलाई गम्भीर रूपमा नलिएको र प्रमाण नष्ट पार्न […]

Continue Reading

जनमुक्ति सेनाका पूर्वकमाण्डर जडीबुटी खेतीमा जम्दै

तेह्रथुम, १३ मङ्सिर  परदेशमा धेरै कमाइ हुन्छ भन्ने सोचले जिल्लाका धेरै युवा बर्सेनि रोजगारीका लागि विदेशिने क्रम बढ्दो छ तर नेपालमा काम गर्नभन्दा विदेशमा धेरै दुःख कष्ट भोग्नुपर्छ भनेर उनीहरूमध्ये कमैले मात्रै सोचेका हुन्छन् । धेरै युवा विदेश जान चाहन्छन्, तर थोरै युवा जो हुन्छन् उनीहरू यही देशमा केही उत्पादनशील क्षेत्रमा काम गरेर जीवनयापन गर्न […]

Continue Reading

काङ्ग्रेस बैठक शुरु

काठमाडौँ, १३ मङ्सिर विधान संशोधन मस्यौदामाथि छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न शुरु भएको बैठकमा पार्टीको विधान संशोधन मस्यौदामाथि छलफल शुरु भएको पार्टी कार्यालयले जनाएको छ । यसअघि मङ्सिर ९ गते बसेको पार्टीको बैठकले विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रतिवेदन […]

Continue Reading