सफल एक्सपो पोखरा तथा तेस्रो मोवाइल मेला २०७५ आजदेखी सुरु हुदै :

सफल एक्सपो पोखरा तथा तेस्रो मोवाइल मेला २०७५ आजदेखी सुरु हुदै :

Continue Reading

पूर्व गाविस उपाध्यक्ष मृत फेला

दमौली, १३ मङ्सिर  तनहुँको साविक काहुँशिवपुर गाविसका पूर्वउपाध्यक्ष उडबहादुर आले मृत अवस्थामा फेला पर्नुभएको छ । एक हप्तादेखि बेपत्ता रहनुभएका उहाँ बुधबार साँझ व्यास नगरपालिका–१३ बेनीकोटस्थित जङ्गलमा मृत अवस्थामा फेला पर्नुभएको हो नेपाली काङ्ग्रेस रिसिङ गाउँपालिका–१ का सदस्यसमेत रहनुभएका ६६ वर्षीय आले मङ्सिर ५ गतेदेखि बेपत्ता हुनुभएपछि प्रहरी र आफन्तले खोजी गरे पनि फेला पर्न […]

Continue Reading

छुरा प्रहारबाट एक घाइते

इनरुवा, १३ मङ्सिर  सुनसरीको इटहरी उपनगरपालिका–९ हटियालाइनमा सञ्चालित एक्टिभ मनी ट्रान्सफरका सञ्चालक अपरिचित व्यक्तिको छुरा प्रहारबाट बुधबार घाइते हुनुभएको छ । मनी ट्रान्सफरमै आएका दुई अपरिचित व्यक्तिले सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरी फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । उहाँको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको […]

Continue Reading

पोखरा बहुमुखि क्याम्पसको ३२ औं वार्षिकोत्सव

पोखरा, मंसिर १२ पोखरा महानगरपालिका–९ नयाँबजारमा रहेको पोखरा बहुमुखि क्याम्पसले ३२ औं वार्षिकोत्सवका अवसरमा बुधबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको क्याम्पसले बुधबार रक्तदान आयोजना गरेको थियो । साहित्यिक, खेलुकद, सरसफाई र रक्तदान सहितका कार्यक्रम क्याम्पसले वार्षिकोत्सव अवसरमा आयोजना गरेको छ । क्याम्पस प्रमुख शिशुकला पराजुलीका अनुसार रक्तदानमा ४५ जनाले रगत […]

Continue Reading

नक्सा पासमा ५० प्रतिशत छुट

दमौली, १२ मङ्सिर  तनहुँको बन्दीपुर गाउँपालिकाले प्राचीन कला तथा संस्कृतिको संरक्षण हुने गरी घर निर्माण गर्दा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । गाउँपालिकाले बजार क्षेत्रको ५०० मिटर क्षेत्रभित्र बन्ने घरको नक्सापासका लागि ५० प्रतिशत छुट दिने व्यवस्था गरेको हो । गाउँपालिकाले बन्दीपुर चक्रपथभित्र र चक्रपथ बाहिर ५०० मिटर क्षेत्रलाई संरक्षित उपक्षेत्र घोषणा गरेको […]

Continue Reading

सफल एक्सपो पोखराको तयारी पूरा : एक्सपो गण्डकी प्रदेशको व्यवसाय प्रवद्र्धनमा सर्मपित :

पोखरा, ११ मंसिर । पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुने ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला २०७५, पोखरा’को तयारी पूरा भएको छ । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अनुसार मंसिर १३ देखि २४ गतेसम्म हुने एक्सपोको गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एक्सपोको उद्घाटनको दिन नजिकिँदै गर्दा तयारीका सबै […]

Continue Reading

घरेलु मदिरा निरुत्साहित गर्न प्रहरी परिचालन

वालिङ, १२ मङ्सिर  जिल्ला प्रहरी कार्यालयले घरेलु मदिरा उत्पादन तथा बिक्रीलाई निरुत्साहित गर्न जिल्लाभर प्रहरी परिचालन गरेको छ । घरेलु मदिरा उत्पादन तथा बेचविखनलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्लाभर नै प्रहरी परिचालन गरिएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । “जिल्लाका सबै स्थानमा रहेका प्रहरी निकायलाई कडाइका साथ घरेलु मदिरा नियन्त्रण गर्न परिचालन गरेका […]

Continue Reading

अग्निपीडितलाई राहत

गलकोट, १२ मङ्सिर बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवीगाउँका अग्निपीडितलाई मङ्गलबार जिल्ला प्रशासन कार्यालयले राहतस्वरुप रकम उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष बेदप्रसाद खरेलले अग्निपीडितलाई जनही रु १० हजारका दरले राहत प्रदान गर्नुभएको थियो । गत आइतबार बिहान ढोरपाटनको नवीगाउँमा आगलागी हँुदा ४३ परिवारका घर तथा गोठ जलेर ध्वस्त […]

Continue Reading

असिना पीडित किसानलाई राहत वितरण

पोखरा, ११ मंसिर पोखरा महानगरपालिकाले वडा नम्बर २० स्थित आँटीघरका असिना पीडित किसानलाई मंगलबार राहत वितरण गरेको छ । गत कात्तिक २ गते परेको असिना पानीले साविक मौजा गाविसको खुमेकाभ्रे युम्दुपाखा र बिसौनामा ८० प्रतिशत धानबाली नष्ट गरेकाले महानगरको कृषि विकास महाशाखाको राहत प्याकेज सहयोग कार्यक्रम अन्तर्गत राहत वितरण गरिएको हो । पोखरा महानगरपालिकाका प्रमुख […]

Continue Reading

प्रदेश स्तरिय रीडमोर सामाजिक अध्ययन हाजिरी जवाफ प्रतियोगिता हुने :

सामाजिक बिषय अध्ययन अध्यापनमा संलग्न शिक्षकहरुको कार्यकुशलता बिकास एवम् पेशागत क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ स्थापना भएको सामाजिक अध्ययन मञ्च कास्कीले प्रदेश स्तरिय रीडमोर सामाजिक अध्ययन हाजिरी जवाफ प्रतियोगिता २०७५ आयोजना गर्ने भएको छ । कार्यक्रम पौष ७ र ८ गते मदरल्याण्ड माबि पोखरा ७ मा हुदैछ । प्रतियोगितामा गण्डकी प्रदेश का ८० भन्दा बढी […]

Continue Reading