काभ्रेपलान्चोकमा हेलम्बु राजमार्ग पुन निर्माणमा ढिलाइ

  काभ्रेपलाञ्चोक, ६ पुस–  आपत्कालीन भूकम्पीय सहायता योजनाअन्र्तगत हेलम्बु राजमार्गको स्तरोन्नति एवं पक्की सडक बनाउने पुनःनिर्माण काममा सुस्तता देखिएको छ । काभ्रेपलाञ्चोकको पाँचखालस्थित जिरोकिलोदेखि सिन्धुपाल्चोकको मेलम्चीसम्म २३ किलोमिटर सडकमध्ये हालसम्म १६ किलोमिटर मात्रै स्तरोन्नति भएको हो । २०७४ कात्तिकबाट शुरु भएको योजना २०७६ कात्तिकमा सक्नुपर्ने सम्झौता छ । एशियाली विकास बैंकको सहयोगमा स्तरोन्नति एवं कालोपत्रे गरिने […]

Continue Reading

भदौ महिनामा ब्याएका गाई भैँसीलाई सुत्केरी भत्ता

भरतपुर, ६ पुस रत्ननगर नगरपालिकाले ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता दिएको छ । साउन र भदौ महिनामा ब्याएका गाई भँैसीलाई बिहीबार सुत्केरी भत्ता दिइएको हो । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले यहाँ आयोजित कार्यक्रममा पशुपालक किसानलाई सुत्केरी भत्ता स्वरुप जनही रु ५०० वितरण गर्नुभएको हो । सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउन रत्ननगर नगरपालिकाले आर्थिक […]

Continue Reading

पनौती जलविद्युत केन्द्र

देशकै तेस्रो पुरानो जलविद्युत आयोजना काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१०, खोपासीस्थित पनौती जलविद्युत आयोजना । फर्पिङ र सुन्दरीजलपछिको सो आयोजना २०१६ सालमा सोभियत संघको आर्थिक तथा प्राविधिक सहयोगमा बनाउन शुरु गरेर ०२२ सालबाट विद्युत उत्पादन गर्दै आएको नेपालकै तेस्रो पुरानो आयोजना हो । तस्बिर ः पेमा लामा, बनेपा, रासस,

Continue Reading

, पच्चीस लाख अश्लील वेभसाइट बन्द गर्छाैँ मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, १ पुस सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेभसाइट बन्द गरिने बताउनुभएको छ । बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “पच्चीस लाख अश्लील वेभसाइट बन्द ग¥यौँ, क्रमैसँग अब यस्तै खालका थप तीन लाख वेभसाइट बन्द गर्दैछौँ ।” […]

Continue Reading

खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन : मन्त्री विश्वर्कमा

साँखु, काठमाडौँ, १ पुस (रासस) : नेपाल सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताउनुभएको छ । शनिबार शङ्खरापुर नगरपालिका खेलकूद विकास समितिद्वारा साँखुमा आयोजित प्रथम नगरस्तरीय फुटबल प्रतियोगिताको समापन कार्यक्रममा पुग्नुभएका मन्त्री विश्वर्कमाले समृद्ध नेपाल बनाउन खेलकूद अपरिहार्य रहेको बताउनुभएको हो । फुटबल खेल देश तथा […]

Continue Reading

दर्ताबिना औषधि पसल सञ्चालन

भक्तपपुर, २७ मङ्सिर  भक्तपुरमा सञ्चालित अधिकांश औषधि पसलमा अनुमतिपत्र अर्थात् फार्मेसी उत्तीर्ण भएको प्रमाणपत्र नभएका व्यक्तिले औषधि बिक्री गरेको पाइएको छ । भक्तपुर नगरपालिका बजार अनुगमन समितिले आज कमलविनायक र जगातिमा सञ्चालित औषधि पसलको अनुगमन गर्दा अनुमतिपत्र नभएका व्यक्तिले औषधि बिक्री गरेका र पसलसमेत दर्ता एवं नवीकरण नगरी सञ्चालन भएको पाइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले […]

Continue Reading

हिमाल आरोहणको स्मरणमा विद्यालय भवन निर्माण

काभे्रपलाञ्चोक, २४ मङ्सिर  दक्षिण कोरियाका नागरिक यूएम होङ गीलले हिमाल आरोहणको स्मरणमा पाँचखाल नगरपालिका–१० स्थित आजाद उच्च माध्यमिक विद्यालयका लागि भूकम्पप्रतिरोधी भवन निर्माण गरिदिनुभएको छ । सर्वोच्च शिखर सगरमाथामा तीन पटक तथा नेपाल र अन्य देशका आठ हजार मिटरभन्दा माथिका १३ वटा हिमाल आरोहण गरेका गीलले उक्त विद्यालयका लागि दुई तले आठकोठे भवन निर्माण गरिदिनुभएको […]

Continue Reading

बिहानी चिसोसँगै अभियानकर्मी नदी किनारमा

काठमाडौँ, २२ मङ्सिर  मौसम मापकयन्त्रले आज बिहान अहिलसम्ममा यस वर्षकै सबैभन्दा बढी न्यूनतम् तापक्रम भएको देखाए पनि बिहान ७ बजेदेखि शुरु हुने उपत्यकाका नदी र चक्रपथ सफाइ अभियानमा सहभागीको सङ्ख्या उल्लेख्य देखिन्थ्यो । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज २३ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २९१ औँ हप्तामा बुद्धनगरस्थित रुद्रमती […]

Continue Reading

‘हरेक नागरिक उत्पादनसँग जोडिनुपर्छ’

हेटौँडा, २१ मङसिर  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उत्पादनबिना समृद्धिको लक्ष्यमा पुग्न नसकिने हुँदा हरेक नागरिक उत्पादनसँग जोडिनुपर्ने बताउनुभएको छ । पश्चिम मकवानपुरको मनहरीमा आज मेलाको उद्घाटन गर्दै उहाँले हरेक व्यक्ति कुनै न कुनै उद्यम÷व्यवसायमा जोडिनुपर्नेमा जोड दिनुभएको हो । उहाँले मेला महोत्सवका आयोजकले स्थानीय उत्पादनको प्रवद्र्धनमा ध्यान नदिने प्रवृत्ति रहेको भन्दै त्यस्तो […]

Continue Reading

धुुलिखेलमा फ्रि वाइफाइ

काभे्रपलाञ्चोक, १७ मङ्सिर  धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्रि वाइफाइ सेवा शुरु गरेको छ । आइतबार सरस्वती बजार परिसर (पार्क)बाट फ्रि वाइफाइ सेवा शुरु गरिएको हो । नगरप्रमुख अशोक ब्याञ्जूले नगरको अन्य १२ पर्यटकीय क्षेत्रमा फ्रि वाइफाइ सेवा विस्तार गरिने जानकारी दिँदै भन्नुभयो, “धुलिखेल पर्यटकीयस्थल हो, पर्यटक तथा स्थानीयवासीलाई सूचना प्रविधिमा पहुँच बढाउन यस्तो सेवा […]

Continue Reading