Category: गण्डकी प्रदेश
सन् २०२२ मा बीस लाख पर्यटक भित्रिने निश्चित : मन्त्री लम्साल
पर्वत, २ पुस एकै वर्षमा अपेक्षाभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएको भन्दै गण्डकी प्रदेश सरकारले केक काटेर खुसीयाली मनाइएको छ । नेपालमा सबैभन्दा बढी (डिसेम्बर महीनाको गणना नगर्दै) १० लाखभन्दा बढी पर्यटक भित्रिएको उपलक्ष्यमा आइतबार आयोजना गरिएको खुसीयाली उत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले केक काटेर उद्घाटन गर्नुभएको हो । सन् २०१८ […]
Continue Readingज्ञानेन्द्रको स्वागतमा गणतन्त्रविरोधी नाराबाजी
२ पुस, पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उनका समर्थकहरुले सोमबार बिहान पोखरा विमानस्थलमा राष्ट्रिय झण्डा बोकेर गणतन्त्रविरोधी नारा लगाएका छन् । राजतन्त्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे भन्दै नारा लगाएका छन् । नारा लगाउने क्रममा राष्ट्रिय झण्डाको समेत प्रयोग गरिएको छ । ज्ञानेन्द्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे, संघीयता खारेज गर, हिन्दु राष्ट्र कायम गर जस्ता […]
Continue Readingपर्यटकीयस्थल डहरेदेउराली क्षेत्रमा खुला चिडियाखाना बनाइँदै
पर्वत, २ पुस पर्यटन प्रवद्र्धन र नगरक्षेत्रको पहिचान झल्काउनका लागि पर्वतको फलेबास नगरपालिकाले प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल डहरेदेउराली क्षेत्रमा खुला चिडियाखाना बनाउने भएको छ । घना जङ्गल डहरे लेकमा खुलारूपमा जङ्गली जनावरको अवलोकनका लागि चिडियाखाना बनाउने तयारी भएको हो । नगरपालिकाले नगर विकासको दीर्घकालीन योजना बनाएर डहरे क्षेत्रमा खुला चिडियाखाना ‘ओपन जु’ को अवधारणा ल्याएको […]
Continue Readingकास्कीमा प्रहरीद्धारा पेशेवर चोर पक्राउ
कास्की पौष ०१ गते जिल्ला कास्की पोखरा महानगरपालिका स्थित रहेका बिभिन्न सुनचादी पसल , किराना पसल तथा मोबाईल पसलहरु समेतमा हुने गरेका छुटपुट चोरीका घटनाहरुको गहन रुपमा अनुसन्धान गर्नको लागी जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी अनुसन्धान तथा नियन्त्रण गर्नको लागी विषेश प्रहरी टोली गठन गरी आफ्नो बडा ईलाकाको समेत सुरक्षा स्थितिलाई मध्यनजर राख्दै ब्यापक रुपमा,एम्बुसिङ, […]
Continue Readingसंयोजक गुरुङ मेलमिलाप केन्द्रको आइतबार उद्घाटन गर्नुहुँदै
पोखरा महानगरपालिकमा गठन भएको न्यायिक समितिले वडा नं ७ मा स्थापना गरेको पहिलो मेलमिलाप केन्द्रको आइतबार उद्घाटन गर्नुहुँदै महानगरका उप्रप्रमुख तथा न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङ । तस्वीर ः कृष्ण दवाडी, कास्की,रासस
Continue Readingविकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्ने :अध्यक्ष प्रचण्ड
बेझाड (पाल्पा), १ पुस पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति एक भएर लाग्नुपर्ने बताउनुभएको छ । मुलुक देश शान्ति र समृद्धिको सङ्कल्पका साथ अगाडि बढेको बताउँदै समृद्धिका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने समय आएको उहाँको भनाइ थियो । पाल्पाको रामपुरमा आज रामतुलसी […]
Continue Readingइञ्जिनीयरिङ एशोसिएशन गण्डकीमा प्रगतिशील विजयी
पोखरा, १ पुस इञ्जिनीयरिङ एशोसिएशन गण्डकीमा प्रोग्रेसिभ इञ्जिनीयर एशोसिएशन नेपाल (पिन)का उम्मेदवार विजयी भएको छन् । पोखरामा सम्पन्न अधिवेशनबाट नेकपा समर्पित इञ्जिनीयरिङहरुको एशोसिएशनको समूह निर्वाचित भएको हो । एशोसिएशनको अध्यक्षमा बाबुराम भण्डारी ५६४ मतसहित विजयी हुनु भयो भने उहाँका प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका राजेश भट्टराईले ४१५ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी उपसभापतिमा ध्रुवराज भट्टराई, सचिवमा […]
Continue Readingतनहुँमा २५ करोडको सुन्तला उत्पादन हुने
दमौली, १ पुस (रासस) ः तनहँुमा यस वर्ष रु २५ करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । सुन्तला खेतीका लागि यस वर्ष मौसम अनुकूल भएको र उत्पादन क्षेत्र बढेकाले सुन्तला उत्पादनमा वृद्धि आउने अनुमान गरिएको हो । कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी ज्योति क्षेत्रीले गत वर्ष तनहुँबाट रु १८ करोडको सुन्तला उत्पादन […]
Continue Readingसिमलकोरुखमा चिल
पोखराको उत्तरी भेग अर्मलास्थित सिमलकोरुखमा घाम ताप्दै गरेका चिल । पछिल्लो समयमा चिलको संख्यामा बृद्धि आएको स्थानीयवासी बताउँछन् । तस्वीर हरि बाँस्तोला, पोखरा, रासस
Continue Reading
