मोटरसाइकल र ट्र्याक्टर दुर्घटनामा परी दुईको मृत्यु

गौशाला, १० मङ्सिर महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा मोटरसाइकल र ट्र्याक्टर दुर्घटनामा परी एक महिला र एक बालकसहित दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको औरही नगरपालिका–१ बस्ने ओमकलादेवी चौधरी र ट्र्याक्टर दुर्घटनामा परी मृत्यु हुनेमा गौशाला नगरपालिका–२ का ३ वर्षीय […]

Continue Reading

२ स्थानमा जुवा खेल्ने १४ जना पक्राउ

कास्कीमा २ स्थानमा जुवा खेल्ने १४ ब्यक्ति सहित नगद रु. ४,३२,३९० पक्राउ । पोखराको बिभिन्न स्थानबाट अबैध रुपमा जुवातास खेलिरहेको अवस्थामा कास्की प्रहरीले १४ जना ब्यक्ति सहित नगद रु. ४,३२,३९० बरामद गरेको छ । पोखरा महानगरपालिका बडा नं ९ नयाबजार स्थित पुर्ण बहादुर श्रेष्ठले संचालन गरेको मार्गदर्शन एकेडेमी देखि ९ जना ब्यक्ति बाट ४ बुक […]

Continue Reading

जेसिआई पोखराको वर्ष २०१९ को अध्यक्षमा शाही

पोखरा, ०९ मंसिर । जेसीआइ पोखराको ३९ आँै अधिवेशन तथा ४४ औ बार्षिक साधारण सभाले बर्ष २०१९ का लागि अध्यक्षमा जेसी सन्तोष शाहीलाई निर्बिरोध निर्वाचित गरेको छ । शनिबार पोखरामा भएको अधिवेशनले शाही सर्वसम्मत् निर्वाचित भएका हुन् । समितिको कार्यकारीणी उपाध्यक्षमा मोहनप्रसाद अधिकारी, उपाध्यक्षहरुमा शंकर कँडेल, सन्तोष ओझा, सन्तोष कुमार रानाभाट र बिनोद के.सि. निर्वाचित […]

Continue Reading

नबिल बैंकका ग्राहकलाई तीन लाखको स्वास्थ्य बीमा

काठमाडौँ, ९ मङ्सिर नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा रु तीन लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ । सो सुविधा आजैदेखि लागू भएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । बैंकका तर्फबाट नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी र मेटलाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख अधिकृत रामकुमार यादवले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । उक्त योजनालाई […]

Continue Reading

प्याराग्लाइडिङको सफल परीक्षण

मङ्गलबारे, ९ मङ्सिर इलाम र पाँचथर जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । सीमावर्ती क्षेत्रका नाम्तोक, एकचुले, फुस्रे र जुकेडाँडाबाट शनिबार परीक्षण उडान गरिएको थियो । सोलुखुम्बु जिल्लाका वाङ्चु शेर्पाले यस क्षेत्रका डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गर्नुभएको थियो । “प्याराग्लाइडिङको उडान सफल भएको छ, यहाँका डाँडाबाट उडान भर्न सकिने रहेछ” वाङ्चु […]

Continue Reading

सडक महोत्सवको तयारी

पोखरा, ९ मङ्सिर रेवान पोखराको आयोजनामा आगामी पुस १३ देखि १७ गतेसम्म लेकसाइडमा हुने २०औंँ संस्करणको पोखरा सडक महोत्सव सफल पार्न विभिन्न समितिहरु गठन गरिएका छन् । समितिको संयोजकमा निवर्तमान अध्यक्ष भीमसेन भुजेल हुनुहुन्छ भने सह–संयोजकमा उपाध्यक्ष लक्ष्मण बराल र योगेश भट्टराई हुनुहुन्छ । महोत्सव सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएकोमा कार्यालय प्रशासन, मिडिया तथा […]

Continue Reading

पाल्पा लोक आइडलमा धनमाया विजयी

पाल्पा, ९ मङ्सिर तानसेनको श्रीनगर सामुदायिक टेलिभिजनद्वारा सञ्चालित ‘पाल्पा लोक आइडल’ मा धनमाया दिसुवा विजयी बन्न सफल हुनुभएको छ । शनिबार साँझ सम्पन्न कार्यक्रममा पाल्पा आइडल हुनुभएकी दिसुवा नगद रु एक लाख र प्रमाणपत्रद्वारा सम्मानित हुनुभएको छ । प्रतियोगिताको फस्ट रनरअप कमल नेपाली र सेकेण्ड रनर अपका रुपमा ओमप्रकाश सिञ्जाली बन्न सफल हुनुभएको हो । […]

Continue Reading

आतङ्कवादी समूहभन्दा रूसको खतरा बढी ः बेलायती सैनिक प्रमुख

लण्डन, बेलायत, ८ मङ्सिर बेलायतको सुरक्षामा कुनै आतङ्कवादी समूहभन्दा रूसबाट बढी खतरा रहेकोे बताइएको छ । बेलायती सेना प्रमुख जनरल मार्क कार्लेटन–स्मिथले ‘दि टेलिग्राफ’ दैनिकमा शनिबार प्रकाशित एक अन्तर्वार्तामा बेलायतलाई स्लामिक स्टेट (आइएस) र अल कायदाभन्दा रूसी पक्षबाट खतरा बढी रहेको बताउनु भएको छ । कार्लेटन–स्मिथले भन्नुभयो, “मस्कोले आफ्नो राष्ट्रिय हितका नाममा ‘पश्चिमी सुरक्षा सम्वेदनशील […]

Continue Reading

ढोरपाटनमा आगलागीबाट ३० घर जले

गलकोट, ९ मङ्सिर बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताउनुभयो । ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिन […]

Continue Reading

लागुऔषध गाँजासहित वृद्ध पक्राउ

लहान, ९ मङसिर लागुऔषध गाँजासहित प्रहरीले सिरहाको नरहा गाउँपालिकाबाट एक वृद्धलाई पक्राउ गरेको छ । लागुऔषध दुई किलो गाँजासहित नरहा गाउँपालिका–५ नरहा निवासी ७० वर्षीय सिताई यादव भन्ने सीताराम यादवलाई शनिबार पक्राउ गरिएको हो । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले यादवको घरमा तलासी गर्दा प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारेकाले पक्राउ […]

Continue Reading