काठमाण्डौंमा मंसीर १३ देखि १६ गतेसम्म सवारीमा जोर बिजोर प्रणाली लागु हुने

मंसिर ११ काठमाण्डौं उपत्यकामा चल्ने सवारी साधनमा मंसीर १३ देखि १६ गतेसम्म जोर विजोर प्रणाली लागु हुने भएको छ । १४ गतेदेखि १७ गतेसम्म हुने एशिया प्यासिफिक सम्मेलनमा सहभागि हुन आउने विभिन्न देशका अति विशिष्ट र विशिष्ट व्यक्तिहरुको सवारी आवागमनलाई व्यबस्थित बनाउन गृह मन्त्रालयको निर्देशनमा जोर विजोर प्रणाली लागु गरेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले विज्ञप्ति […]

Continue Reading

कारले ठक्कर दिँदा बाटो हिँडीरहेका सातजनाको मृत्यु

बेइजिङ, ११ मङ्सिर  ः दक्षिणपश्चिमी चीनको एक शहरमा एक कारले ठक्कर दिँदा बाटो हिँडिरहेका कम्तीमा पनि सातजना बटुवाको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको लेसान शहरमा मङ्गलबार बिहान सो दुर्घटना भएको हो । सडकमा गुडिरहेको कार अकस्मात सडक किनाराबाट आफ्नो बाटो हिँडिरहेका नागरिकलाई ठक्कर दिन पुगेको थियो । यसरी कार अकस्मात बटुवाहरुको भिडतर्फ लागेपछि यसले […]

Continue Reading

आग्लो प्रहार गरि ३३ वर्षीय राममायाँको हत्या । 

जिरी, ११ मङ्सिर  ः दोलखाको जिरी नगरपालिकामा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिरी नगरपालिका–९ ठूलोपातलका ३५ वर्षीय तस्बीर तामाङले आफ्नै श्रीमती ३३ वर्षीया राममायाँ तामाङको हत्या गरेका हुन् । तामाङले सोमबार साँझ सामान्य घरायसी विवादपछि श्रीमतीलाई आग्लो प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार श्रीमान्ले टाउको र […]

Continue Reading

असिना पीडित किसानलाई राहत वितरण

पोखरा, ११ मंसिर पोखरा महानगरपालिकाले वडा नम्बर २० स्थित आँटीघरका असिना पीडित किसानलाई मंगलबार राहत वितरण गरेको छ । गत कात्तिक २ गते परेको असिना पानीले साविक मौजा गाविसको खुमेकाभ्रे युम्दुपाखा र बिसौनामा ८० प्रतिशत धानबाली नष्ट गरेकाले महानगरको कृषि विकास महाशाखाको राहत प्याकेज सहयोग कार्यक्रम अन्तर्गत राहत वितरण गरिएको हो । पोखरा महानगरपालिकाका प्रमुख […]

Continue Reading

प्रदेश स्तरिय रीडमोर सामाजिक अध्ययन हाजिरी जवाफ प्रतियोगिता हुने :

सामाजिक बिषय अध्ययन अध्यापनमा संलग्न शिक्षकहरुको कार्यकुशलता बिकास एवम् पेशागत क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ स्थापना भएको सामाजिक अध्ययन मञ्च कास्कीले प्रदेश स्तरिय रीडमोर सामाजिक अध्ययन हाजिरी जवाफ प्रतियोगिता २०७५ आयोजना गर्ने भएको छ । कार्यक्रम पौष ७ र ८ गते मदरल्याण्ड माबि पोखरा ७ मा हुदैछ । प्रतियोगितामा गण्डकी प्रदेश का ८० भन्दा बढी […]

Continue Reading

सरकार कहाँ छ भन्नेलाई सामाजिक सुरक्षा कार्यक्रमले नै गतिलो जवाफ दिइसक्यो- प्रधानमन्त्री

मंसिर ११, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कहाँ छ भनेर प्रश्न गर्नेहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष शुभारम्भ गरेर गतिलो जवाफ दिइएको बताएका छन् । मंगलबार कोषको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २५ वर्ष अघि थालेको काम आजबाट नयाँ आयाममा बदलिएको भन्दै यसको परिकल्पना गर्दा धेरैले आफूहरुलाई उडाउने गरेपनि आज आएर सार्थक भएको दावी […]

Continue Reading

पोखरा महानगरका सात वडाको भवन बनाइने

कास्की, ११ मङ्सिर पोखरा महानगरपालिकाले वडा कार्यालय भवन नभएका वडामा चालू आर्थिक वर्षमै भवन निर्माण गर्ने भएको छ । विसं २०७३ फागुन २७ गते महानगर घोषणा भएको यहाँको ३३ वटा वडामध्ये अझै पनि सातवटा वडाका आफ्नै भवन नहुँदा सेवा प्रवाह प्रभावकारी बन्न नसकेको गुनासो बढेको छ । भाडाका घरमा कार्यालय सञ्चालन गर्नुपर्दा सेवाग्राहीलाई असुविधा हुनाका […]

Continue Reading

नागरिकको स्वास्थ्य प्रति सम्बेदनशील हुनुपर्छः मन्त्री घिमिरे

इटहरी, ११ मङ्सिर  प्रदेश नं १ का सामाजिक तथा स्वास्थ्यमन्त्री जीवन घिमिरेले राज्य पुनःसंरचनाको नयाँ अभ्यासमा रहेकाले कर्मचारी तथा राजनीतिक वृतमा काम गर्न केही जटिलता देखिएको हामी सबैले स्वीकार गर्नुपर्छ भन्नुभयो । प्रदेश स्वास्थ्य मन्त्रालयले आज इटहरीमा आयोजना गरेको तीन दिने कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै उहाँले नयाँ परिवेशमा जनप्रतिनिधि र कर्मचारीबीच […]

Continue Reading

जीवन रक्षाको दोसाँधमा राउटे

सुर्खेत, ११ मङ्सिर  राउटे समुदायका महामुखिया महिनबहादुर शाही आफ्ना सदस्यहरु दिनप्रतिदिन बिरामी पर्न थालेकामा चिन्तित हुनुहुन्छ । बस्तीमा छाप्रैपिच्छे कोही ज्वरोले लखतरान परेका त कोही आउ“–पखाला, रुघाखोकीले थलिएका देखेर उहाँ छट्पटिनुहुन्छ । लामो समय मुखियाका रुपमा एक्लै समुदायको नेतृत्व गर्नुभएका ६६ वर्षीय महिनबहादुरलाई पहिलेको तुलनामा पछिल्ला वर्षहरुमा आफ्ना जनता रोगको शिकार हुन थालेको अनुभव भइरहेको […]

Continue Reading