भारतीय अदालतमा चितुवा

अहमेदावाद, भारत, २९ मङ्सिर  भारतको एक अदालतमा एक्कासी चितुवा आहाराको खोजीमा भवनभित्र हिँडिरहेको देखिएपछि शुक्रबार अदालत परिसरमा केही समय त्रासको वातावरण फैलिएको अधिकारीहरूले बताएका छन् । “चितुवालाई देखेपछि अदालतका कर्मचारीहरू कार्यबक्षबाट भागी र कोठामा पुगेको चितुवालाई बाहिरबाट थुनेर हामीहरूलाई खबर भयो, गुजुरातका वन अधिकारी जी ए जालाले घटनाबारे एएफपीलाई बताउनुभयो । कोटिला सहरको अदालतमा चितुवा […]

Continue Reading

पशुमा लाग्ने खोरेत रोगको महामारी फैलिन शुरु भएको छ

डोटी, २९ मङ्सिर जाडो मौसम शुरु भएसँगै जिल्लामा पशुमा लाग्ने खोरेत रोगको महामारी फैलिन शुरु भएको छ । जिल्लाको दीपायल सिलगढी नगरपालिकाका केही वडासहित ग्रामीण क्षेत्रमा एक दुई हप्ता यतादेखि खोरेत रोगको महामारी फैलिन शुरु भएको स्थानीयवासी कैलाश विकले बताउनुभयो । उहाँले भन्नुभयो, “गाई, गोरुमा एकाएक खोरेत रोग देखियो, जति औषधि गरे पनि निको हुँदैन […]

Continue Reading

नुवाकोट ट्रक दुर्घटना : ज्यान गुमाएका १८ जनामध्ये तीन जनाको पहिचान

नुवाकोट, २९ मंसिर । नुवाकोटको घ्याङफेदीमा शुक्रबार मिनिट्रक दुर्घटना हुँदा ज्यान गुमाएका १८ जनामध्ये तीन जनाको पहिचान खुलेको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । दुप्चेश्वर गाउँपालिका–७ शिखरवेसीको सिम्टाङबाट वडा नं. १ घ्याङफेदीको सिसिपु जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनिट्रक दुप्चेश्वर–१ घ्याङडाडामा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको प्रहरी नायव उपरीक्षक भीमलाल […]

Continue Reading

पैँतीसबुँदे घोषणापत्र जारी गर्दै मानवअधिकार महाभेला सम्पन्न

काठमाडौँ, २९ मङ्सिर  पैँतीसबुँदे भोषणापत्र जारी गर्दै ‘दशौँ राष्ट्रिय मानवअधिकार महाभेला २०१८’ सम्पन्न भएको छ । यही मङ्सिर २२ गतेदेखि शुक्रबारसम्म सञ्चालन भएको उक्त महाभेलाले नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेका मानवअधिकारसँग सम्बन्धित सबै मौलिक हक तथा अधिकार कार्यान्वयनका लागि पहल हुनुपर्नेमा जोड दिएको छ । त्यसैगरी महाभेलाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकासमा आवश्यक […]

Continue Reading

न्यायको खोजीमा वर्षौं तड्पिएका द्वन्द्वपीडितले दुई आयोगबाट पनि सत्य तथ्य पहिल्याउन ढिला गरेपछि आफैँ अग्रसर हुुन अभियान अघि बढाएका छन्

कैलाली, २९ मङ्सिर  न्यायको खोजीमा वर्षौं तड्पिएका द्वन्द्वपीडितले दुई आयोगबाट पनि सत्य तथ्य पहिल्याउन ढिला गरेपछि आफैँ अग्रसर हुुन अभियान अघि बढाएका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग चारवर्ष बितिसक्दा पनि ठोस निश्कर्षमा पुग्न नसकेपछि पीडित आफैँ सत्य बाहिर ल्याउने अभियानमा उनीहरू जुटेका हुन् । द्वन्द्वपीडित साझा चौतारीले […]

Continue Reading

मनाङ्गेको मुद्दा पुनः सुनुवाइ हुने

काठमाडौँ, २८ मङ्सिर (रासस) : सर्वोच्च अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका राजीव गुरुङ भनिने दीपक मनाङ्गेको मुद्दा पुनः सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले आज मनाङ्गेका तर्फबाट दायर गरिएको पुनरावलोकन निवेदन सर्वोच्च प्रशासनले गरेको दरपीठ बदर गरेपछि पुनः सुनुवाइ हुने भएको हो । तत्कालीन […]

Continue Reading

बलात्कार प्रयास गर्नेलाई चार वर्ष कैद

सप्तरी, २८ मङसिर (रासस) ः बाह्र वर्षीया बालिकालाई बलात्कार गर्न प्रयास गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ मधुपट्टीका २४ वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई अदालतले चार वर्ष कैद सजायको फैसला गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको एकल इजलाशले सो फैसला गरेको हो । विसं २०७४ साउन ७ गते सुरुगा नगरपालिका–४ स्थित हरिनारायण चौधरीको फुलबारीमा […]

Continue Reading

निर्धारित समय अगावै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चालु हुन्छ

पोखरा, २८ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा छ महीना अघि निर्माण सम्पन्न हुने बताउनुभएको छ । जनकल्याण क्लबद्वारा पोखराको काहुँडाँडामा आयोजना गरिएको तेस्रो काहुँ धरहरा महोत्सवको आज उद्घाटन गर्दै उहाँले विमानस्थल निर्माण कार्य तीव्र गतिमा अघि बढेकाले सन् २०२१ को शुरुदेखिनै सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो […]

Continue Reading

प्रदेश योजना आयोगका सदस्य बरालको शपथ

कास्की, २८ मङ्सिर (रासस) ः गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य डा विष्णुराज बरालले पद तथा गोपनियताको शपथ लिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेलले उहाँलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा मन्त्रिपरिषद्का सदस्यहरुकोे उपस्थिति थियो । गत साउनमा तीन […]

Continue Reading

उदयपुर सिमेन्ट उद्योगबाट पूर्ण क्षमतामा सिमेन्ट उत्पादन

गाईघाट उदयपुर, २८ मङ्सिर पूर्ण सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगले उद्योग स्थापना भएपछि ऐतिहासिकरूपमा पहिलो पटक पूर्णक्षमतामा सिमेन्ट उत्पादन कार्य शुरु गरेको छ । प्रतिदिन आठसय मेट्रिकटन सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता रहेको उद्योगले एक हप्तादेखि पूर्ण क्षमतामा आठसय मेट्रिक टन (प्रतिदिन झण्डै चालीस हजार बोरा) सिमेन्ट उत्पादन कार्य शुरु गरेर सिमेन्ट उत्पादनमा उद्योगले […]

Continue Reading