नोभेम्बरमा चीनको अमेरिकासँगको व्यापार नाफा उच्च : चीन

बेइजिङ, २२ मङ्सिर  चीनको अमेरिकासँगको ब्यापार नाफा नोभेम्बरमा उच्च रहेको बेइजिङले जनाएको छ । चिनियाँ भन्सार प्रशासनले दिएको तथ्याङ्क अनुसार चीनले नोभेम्बरमा अमेरिका पठाउने सामानमा वृद्धि हुँदा र अमेरिकी सामानको आयातमा कमी आएकाले ३५ अर्ब ६० करोड अमेरिकी डलर नाफा आर्जन गरेको देखिएको छ । “यो बर्षको नोभेम्बरमा चिनियाँ समानको अमेरिका निर्यात दरमा ९.८ प्रतिशतले […]

Continue Reading

व्यापार विवाद रोक्न चीन सकारात्मक भएको ट्रम्पको भनाइ

वासिङ्टन, २१ मङ्सिर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार वार्ता सकारात्मक दिशामा अगाडी बढेको बताउनु भएको छ । ट्रम्पले शुक्रबार ट्वीटरमा लेख्नु भएको छ, “चीनसँग व्यापारबारे भएको वाताए कार्यान्वयनको दिशामा चीन निकै सकारात्मक रूपले अगाडी बढिरहेको छ ।” केही दिन अगाडी चिनियाँ राष्ट्रपति सी चिन पिङसँगको भेटवार्तापछि राष्ट्रपति ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार विवादको समाधान […]

Continue Reading

कारवाहीमा बीस आइएस आतङ्ककारी मारिए

जलालाबाद, अफगानिस्तान, २१ मङ्सिर अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा इस्लामिक स्टेट्स आतङ्ककारीविरुद्ध सुरक्षा बलले गरेको स्थल र वायु कारवाहीमा परी कम्तीमा २० जना मारिएका अफगान रक्षा मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । पहिलो घटनामा आइएसका दुई प्रान्तीय कमाण्डरसहित १७ जना आइएस आतङ्ककारी मारिएका छन् । नान्र्गाहार प्रान्तको हसका मिना जिल्लामा सो कारवाही भएको थियो । छिमेकमा […]

Continue Reading

इरानमा बम बिस्फोटबाट तीन जनाको मृत्यु

तेहरान, २० मङ्सिर  प्रहरी कमान्ड पोस्टमा बिहीबार भएको एउटा बम आक्रमणमा तीन जनाको मृत्यु भएको सरकारी समाचार संस्था (इर्ना) ले जनाएको छ । इरानको अशान्त चाबाहार शहरमा उक्त आक्रमण भएको थियो । स्थानीय टेलिभिजनका अनुसार आतङ्कवादी आक्रमणबाट अरु धेरै व्यक्ति घाइते भएका छन् । बम आक्रमण भएको सिस्तान–बलुचिस्तान प्रान्त पाकिस्तानी बलुची पृथकतावादी र जिहादी समूहको […]

Continue Reading

हेजबुल्लाहको सुरूङ नष्ट गर्ने अभियानमा अमेरिकाको सहयोग

वासिङटन, संयुक्त राज्य अमेरिका, १८ मङ्सिर  ः इरानको समर्थन प्राप्त लेबनानी सिया मुसलमानहरूको राजनीतिक तथा अर्धसैनिक संगठन, हेजबुल्लाह समूहको सुरूङ नष्ट गर्ने इजरायली सैनिकको अभियानमा अमेरिकाले पूर्ण सहयोग गर्ने वासिङ्टनले मङ्गलबार बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन बोल्टनले भन्नुभयो, “अमेरिकी सरकार इजरायलको सार्वभौमसत्ताको सुरक्षा प्रयासमा पूर्णरूपमा इजरायलको पक्षमा उभिने छ […]

Continue Reading

इन्धनको मूल्य वृद्धिविरुद्ध भएको प्रदर्शनमा एकको मृत्यु

मर्सेली, फ्रान्स, १६ मङ्सिर  फ्रान्समा इन्धनको मूल्यवृद्धिविरुद्ध सवारीधनीहरूले सडक प्रदर्शन गर्ने क्रममा भएको सडक दुर्घटनामा परी कम्तीमा एक जना प्रदर्शनकारीको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । दक्षिणी फ्रान्सको अर्लिसमा सरकारविरोधी प्रदर्शनका क्रममा १० किलोमिटर सडक अवरूद्ध गर्ने क्रममा एउटा भ्यान र ट्रक एक आपसमा ठक्कर खाँदा भ्यानका चालकको मृत्यु भएको टारास्कनका अभियोजनकर्ता प्याट्रिक देशजार्डिनले […]

Continue Reading

अमेरिका, चीनबीच व्यापारिक तनाव रोक्ने सहमति

ब्युनस आयर्स, १६ मङ्सिर  संयुक्तराज्य अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच एकअर्का मुलुकका सामानमा तत्काल थप करवृद्धि नगर्ने सहमति भएको छ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र भएका यी दुई मुलुकबीच करवृद्धिका कारण उत्पन्न गतिरोधले पछिल्लो समय व्यापार युद्धको खतरा बढाएको थियो । दुई राष्ट्रपतिबीच हाल एकअर्का मुलुकका सामानमाथि लागिआएका करहरुमा कुनै […]

Continue Reading

डिसेम्बरमा रूसमाथि थप प्रतिबन्धको घोषणा गरिने : टस्क

ब्युनस आयर्स, अर्जेन्टिना, १४ मङ्सिर शुक्रबार यूरोपेली संघ (इयू) ले मस्कोको यूक्रेनमाथिको आक्रोस यही अवस्थामा रहेमा इयूले आगामी महिना (डिसेक्बर)मा रूसमाथि थप प्रतिबन्धको घोषणा गर्ने इयू प्रमुख डोनाल्ड टस्कले शुक्रबार बताउनुभएको छ । टस्कले जी–ट्वान्टी शिखर सम्मेलन सुरु हुनुपूर्व अजेन्टिनाको राजधानी ब्यूनर्स आयर्समा सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो, “अजोभ समूद्र क्षेत्रको विवादप्रति इयूको ध्यानाकर्षण भएको छ । […]

Continue Reading

अफगानिस्तानमा २६ लडाकू मारिए

अफगानिस्तान, १२ मङ्सिर  अफगानिस्तानको पूर्वी घाज्नी प्रान्तमा सुरक्षाकर्मीको कारबाहीमा परी २६ भन्दा बढी लडाकू मारिएका छन् । तालिबान लडाकूहरुको अखडामा भएको आक्रमणमा परी अरू २० जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन् । सेनाले बुधबार जारी गरेको वक्तव्यका अनुसार सेनाले तालिबान लडाकूहरु त्यहाँ रहेको थाहा पाएरै आक्रमण गरेको थियो । सेनाले अन्डार, गिलान, क्वार्जाघलगायतका जिल्लाका […]

Continue Reading

चीनको एक रासायनिक कारखानानजिकै भएको विस्फोटमा २२ को मृत्यु

शिजिआजुआङ्, चीन, १२ मङ्सिर  उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखानानजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ । बुधबार बिहान सबेरै भएको यस विस्फोटमा परी २२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयानुसार बुधबार मध्यराती १२ः४० बजे हेबेइ सिङ्गहुआको […]

Continue Reading