डिसेम्बरमा रूसमाथि थप प्रतिबन्धको घोषणा गरिने : टस्क

प्रवास

ब्युनस आयर्स, अर्जेन्टिना, १४ मङ्सिर

शुक्रबार यूरोपेली संघ (इयू) ले मस्कोको यूक्रेनमाथिको आक्रोस यही अवस्थामा रहेमा इयूले आगामी महिना (डिसेक्बर)मा रूसमाथि थप प्रतिबन्धको घोषणा गर्ने इयू प्रमुख डोनाल्ड टस्कले शुक्रबार बताउनुभएको छ ।

टस्कले जी–ट्वान्टी शिखर सम्मेलन सुरु हुनुपूर्व अजेन्टिनाको राजधानी ब्यूनर्स आयर्समा सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो, “अजोभ समूद्र क्षेत्रको विवादप्रति इयूको ध्यानाकर्षण भएको छ । रूसले यूक्रेनी जहाजमाथि बल प्रयोग गरेको इयूलाई स्वीकार्य छैन ।”

“यूक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा आँच आउनेगरी रूसले गर्ने गतिविधिप्रति सम्वेदनशील बन्दै यूरोप एकतावद्ध रहनेछ । त्यसैले म विश्वस्त छु आगामी डिसेम्बमा रूसविरूद्ध थप प्रतिबन्ध लगाउने निर्णय लिन सक्छ ।”

(रासस÷एएफपी) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *