राष्ट्रिय युवा संघ नेपाल, पोखरा ८ को कमिटि बिस्तार!

Featured समाचार

राष्ट्रिय युवा संघ नेपाल, पोखरा ८ ले आफ्नो कमिटि बिस्तार एबंम जिम्मेवारीमा हेरफेर गरेको छ।

मंगलबार आयोजित बैठकमा अध्यक्ष सन्जिब बरालको अध्यक्षतामा १८ जना नयाँ सदस्यहरु थप गर्नुका साथै विभिन्न पदमा आसिन पदाधिकारीहरुलाई नयाँ जिम्मेवार प्रदान गरिएको छ।   जसमा सहसचिबमा मोहन उचाइ, कोषध्यक्षमा मनिश बस्नेत साथै सचिवालय सदस्यहरुमा क्रमशः अमित क्षेत्री र अबिषेक क्षेत्री चयन भएका छन। नयाँ सदस्य एबमं सचिवालय सदस्यहरुलाई उपाध्यक्ष सुनिल खड्काले पार्टी पंक्तिलाई बलियो बनाइ समाजमा अझ ब्यबस्थित तबरले युबाहरुले नेतृत्व लिनुपर्नेमा जोड दिएका थिए। कमिटिका सचिब किरण भण्डारीले बैठकलाई संचालन गरि नयाँ सदस्य तथा पदाधिकारीहरुलाई आ-आफ्नो पदको गरिमालाई मनन् गरि संगठनमा कृयाशिल हुन आग्रह गर्नुका साथै बदाई एबमं शुभकामना ब्यक्त गरेका थिए।

बैठकको सफलताको शुभकामना संगै मनोनीत सदस्यहरूलाइ फ़ोन मार्फ़त ज़िल्ला अध्यक्ष पान बहादुर जिसि ले बधाई सहित शुभकामना व्यक्त गरे ।

Content : https://routineofpokhara.blogspot.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *