विश्व हिन्दु महासघं नेपालको सातौं महासभा जेठ ११ र १२ गते

विशेष समाचार

विश्व हिन्दु महासघं नेपाल राष्ट्रिय समितीको सातौं महासभा जेठ ११ र १२ गते पोखरामा हुँदै छ । ६५ जिल्लाका प्रतिनिधि एबम पर्यवेक्षकहरु सहभागी हुने उक्त महाधिवेशनको समुदघाटन पुर्व प्रधान न्यायाधीश सुशीला कार्की बाटहुने बिहिबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । महासभाबाट हिन्दु संघ संस्थाहरुका बिचमा व्यापक एकता , सहकार्य र समझदारीको नीति अगाडि बढाउने संकल्प गर्ने , समितिको विधानमा समायोचित परिवर्तन गरिने विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका महासचिव भरत राज पौडेलले बताउनु भयो । कार्यक्रमको पहिलो दिन जेठ ११ गते ११स्३० बजे देखि चिप्लेढुङा हुँदै पोखरा सभागृह सम्म विशाल रियाली गरि समुदघाटन सत्र अघि बढ्ने विश्व हिन्दु महासघ कास्कीका अध्यक्ष शंकर खरालले बताउनु भयो । बिश्व हिन्दु महासघ नेपालका केन्द्रीय अध्यक्ष डा. राम चन्द्र अधिकारीले अनादी काल देखि चल्दै आएको नेपालको मौलिक धर्म , सस्कृती, सस्कार जीवन दर्शन तथा सभ्यता विरुद्ध धर्म निरपेक्षताको दुष्प्रयोग गरिएकाले त्यस्को खारेजिका निम्ति सनातन हिन्दु लगाएत सम्पुर्ण ॐकार परिवार एक भएर लाग्ने बेला आएको बताउनु भयो । कार्यक्रमकै पुर्ब सन्ध्यामा शुक्रबार बिहान ८ बजे मानव अधिकार चोक देखि मोटर साइकल र्याली गरिने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *