बिरामी युवतीको छाती छुन डाक्टर लजाउँदा

समाचार स्वास्थ्य

एजेन्सी- अक्सर लजाउने अथवा अप्ठ्यारो महशुस गर्ने बानीले जीवनको दौडमा मान्छे पछि पर्छ भनिन्छ। तर, यो कुराले तपाईं अचम्ममा पर्न सक्नुहुन्छ कि एक डाक्टर लजाउँदा स्टेथोस्कोपको अविष्कार भएको थियो । जुन अहिले चिकित्सा क्षेत्रका लागि महत्वपूर्ण औजार बनेको छ ।  चिकित्सा बिज्ञानमा यसलाई ठूलो अविष्कारका रुपमा पनि लिइन्छ।

कसले गरे त यसको अविष्कार? फ्रान्सका बैज्ञानिक रेने थियोफाइल हायसेनिक लिनेकले बनाएका थिए यो। उनले यो बनाउनुका पछाडि एउटा गज्जबको कहानी छ।

सन् १९८७ मा फ्रान्समा भएका थियो यी डाक्टरको जन्म । उनले मेडिकल क्षेत्रको पढाइ आफ्नै काकाको रेखदेखमा गरे । त्यसपछि उनलाई फ्रान्सको क्रान्तिमा मेडिकल युनिटका रुपमा सहभागी हुन बोलाइयो। यसरी बिचमै रोकिएको आफ्नाृ पढाइ उनले १८०१ मा फेर सुरु गरे । सन् १८१५ मा शाही सत्ता स्थापित भएपछि  उनी नेककर नामक हस्पिटलमा काम गर्न थाले।

लिनेकलेल स्टोथोस्कोपको अविष्कार १८१६ मा गरे। यसको एउटै कारण थियो, उनको लज्जा। यसको अविष्कार गर्नुअघि डाक्टरले बिरामी जाँच्दा उसको मुटु नजिकै कान राखेर धड्कन सुन्ने गर्थे। जब मुटुको बिरामीले ग्रस्त एक युवती उपचारका लागि आइन् उनलाई छातिमा कान राखेर धड्कन सुन्न अप्ठ्यारो महशुस भयो।

आफूकहाँ आएको बिरामीलाई जाँच्नु पनि पर्ने भयो र भर्खरकी युवतीको छातिमा कान राख्न पनि असहज भएपछि उनले विकल्प सोच्न थाले। त्यसपछि उनले उपाय लगाए– कागजलाई मोडेर एक भाग उनको छातिमा राख्ने र अर्काे छेउबाट कानले सुन्ने। यसरी बनाएको कागजको ढुङ्ग्रोबाट ती युवतीको मुटुको धड्कन सुुन्न उनी सफल भए। त्यसपछि उनी आफ्नो कर्मबाट उत्साहित भए। उनी बाँसुरी बादक समेत भएकाले यस्तो आइडिया आएको भनिन्छ।

त्यो प्रयोग सफल भएपछि उनले बाँसुरी बनाइने बाँसमा एकतिर माइक्रोफोन र अर्काेरित इयरपिस लगाए। त्यसपछि त मुटुको धड्कन अझ प्रष्ट सुनिन थाल्यो।  उनले यसको नाम स्टथोस्कोप राखे। यो नामको राख्नुको पछाडि कारण छ। ग्रिक भाषमा ‘स्टेथोस’ को अर्थ छाति र ‘स्कोप’को अर्थ परीक्षण हुन्छ। छातिको परीक्षणलाई स्टथोस्कोप भन्न थाले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *