मितेरी सम्बन्ध गाँस्दै गण्डकी र हाइनान

गण्डकी प्रदेश

३० कात्तिक, पोखरा 

गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच आज पोखरामा मितेरी सम्बन्ध जोडिने भएको छ । चीनको हाइनान प्रान्तका डेपुटी गभर्नर छु जून र गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले आज दिउँसो ४ बजे मितेरी सम्बन्ध जोड्ने समझदारी पत्रमा हस्ताक्षर गर्नेछन् ।

हाइनान प्रान्तका डेपुटी गर्भनर छु जूनको नेतृत्वमा ६ सदस्यीय सरकारी टोली नै पोखरा आइसकेका छन् । सरकारी टोलीसँगै त्यहाँका प्राविधिक इन्ष्टिच्युटका प्रमुख, सोलार ऊर्जासँग सम्बन्धित व्यक्तिलगायत सामाजिक तथा व्यावसायिक प्रतिनिधिसहित १५ सदस्यीय टोली पोखरामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *