एकता एफ.सि, बि.टि क्लब, तारा एफ.सि र लालिगुरास सेमिफाइनलमा

खेलकुद समाचार

हेमजा, १३ पुष

विष्णुपादुका क्लब हेमजाको आयोजनामा भएको दोस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगितामा एकता एफ.सि, बि.टि क्लब, तारा एफ.सि र लालिगुरास सेमिफाइनलमा प्रबेश गरेका छन ।

शुक्रबार भएको पहिलो खेलमा एकता एफ.सि,ले माटेपानिलाई ४–३ गोल अन्तरले पराजित ग¥यो । खेल अबधिभर कुनै पनि गोल हुन नसकेपछि खेलको नतिजा पेलान्टि सुटआउटबाट गरिएको थियो । उक्त खेलमा किपर राकेस गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

आजै भएको दोस्रो खेलमा बि.टि क्लबले दिब्य दृष्टि क्लबलाई ७–६ गोल अन्तरले पराजित ग¥यो । खेल अबधिभर कुनै पनि गोल हुन नसकेपछि खेलको नतिजा पेलान्टि सुटआउटबाट गरिएको थियो । उक्त खेलमा दिब्य दृष्टि क्लबका जर्सि न. १७ का सुर्य गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

तेस्रो खेलमा तारा एफ.सिले भदौरे एफ.सिलाई २–० गोल अन्तरले पराजित ग¥यो । सो खेलमा तारा एफ.सिको तर्फबाट जर्सि न. ८ का गोबिन थापाले २ गोल गरि जित हासिल गर्दै म्यान अफ दि म्याच घोषित भए ।

चौथो खेलमा लालिगुरासले बाझापाटन १३ (बि१३) लाई १–० गोल अन्तरले पराजित ग¥यो । सो खेलमा लालिगुरासको तफबाट जर्सि न. ६ का कृष्ण गुरुङले १ गोल गरि जित हासिल गर्दै म्यान अफ दि म्याच घोषित भए ।

“मैत्रीभाव तथा स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ विष्णुपादुका क्लब हेमजाले आयोजना गरेको उक्त प्रतियोगिता प’ष १४ सम्म चल्ने छ.। प्रतियोगितामा ३६ टिम सहभागी छन्.।

प्रतियोगितामा प्रथम टिमलाई १ लाख ११ हजार १ सय ११ ट्रफी, मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमलाई ५५ हजार ५ सय ५५ ट्रफी मेडल र प्रमाण पत्र रहेको छ ।

त्यसैगरी अनुशासित टिमलाई १० हजार ट्रफी मेडल प्रमाण पत्र, सर्वोकृष्ट खेलाडीलाई ५ हजार ट्रफी मेडल प्रमाण पत्र रहेको छ भने सर्वा्धिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट फरवार्डलाई ३र३ हजार ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टिमलाई पनि १० हजार रुपैया पुरस्कार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *