पर्वतमा पनि स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित

Featured कर्मचारी गण्डकी प्रदेश विशेष समाचार समाज

आषाढ २, २०८१, पर्वत जिल्लामा स्वास्थ्य बीमा कार्यक्रममा कार्यरत दर्ता सहयोगीहरु आफ्ना मागहरु राख्दै आन्दोलित भएका छन । स्वास्थ्य बिमा दर्ता सहयोगीहरुको प्रोत्साहन रकममा महालेखा परिक्षकको कार्यालयले लेखेको बेरुजु एवम् आफ्ना १० बुदे माग राख्दै पर्वतमा कार्यरत दर्ता सहयोगीहरुले आफ्ना मागहरु राख्दै आन्दोलित भएका छन । स्वास्थ्य बिमा बोर्डले आफ्ना हक हितमा कुनै कार्य नगरेको भन्दै आफुहरु कार्यक्रमको फिल्डमा खटिने प्रतिनिधि भएको र दर्ता सहगोगीहरुको सेवा सुविधा समयअनुकुल थप नगरी हामीहरुलाई उपेक्षा गरेको भन्दै विरोद्धका कार्यक्रम गर्दै पहिलो चरणको आन्दोलन स्वरुप आफ्ना मागहरु राखेको दर्ता सहयोगीहरुले बताउनु भयो । पर्वतमा कार्यरत स्वास्थ्य बिमा दर्ता सहयोगीहरुले राखेका १० बुँदे मागहरु निम्नअनुसार रहेका छन ।

  • हामीले पाउदै गरेको प्रोत्साहन रकममा महालेखा परिक्षकको कार्यालयले १५ प्रतिशत कर कट्टीको लागि बेरुजु लेखेता पनि पहिले झै १ प्रतिशतनै कर काटने व्यवस्था गर्ने । साथै आवश्यक व्यवस्था गरि हामीले पाउने प्रोत्साहन रकम नघटने व्यवस्था गरिदिने ।
  • बेरुजुको रकम स्वास्थ्य बिमा बोर्डलेनै रकम जम्मा गरि बेरुजु फर्छयौट गर्ने व्यवस्था गर्ने ।
  • दर्ता सहयोगीहरुलाई दिईदै आएको प्रोत्साहन रकमको १० प्रतिशतलाई रकम २०७३ साल देखिनै कायम रहेको र हालको महङ्गीले उक्त प्रतिशतलाई अन्य कर्मचारीहरुको बढ तलब प्रतिशत अनुसार प्रोत्साहन प्रतिशतलाई पनि वढाउनु पर्ने ।
  • स्वास्थ्य बिमा नियमावली २०७५ अनुसार बोर्डले सम्झौता गर्दा अनुसूचि ५ को नियम (आ) ३ को उपनियम ख र ग सम्बन्धमा कुल जनसंख्याको कार्यक्रममा बीमित संख्याको प्रतिशतको आधारमा कुल योगदानको रकम जनसंख्याको ५० प्रतिशत वा सो भन्दा वढि विमित्त भएमा १२.५ प्रतिशत प्रोत्साहन र जनसंख्याको ८० प्रतिशत वा सो भन्दा वढि विमित्त भएमा १५ प्रतिशत प्रोत्साहन रकम पाउने स्पष्ट लेखेकोमा स्वास्थ्य बिमा वोर्डले उक्त प्रोत्साहन रकम एकपटकलाई मात्र भनि व्याख्या गरेकोले उक्त प्रतिशत पुर्याउने वडाका दर्ता सहयोगीहरुलाई नियमावली र सम्झौता अनुसार एकपटक मात्र नभई सधै पाउने व्यवस्था गर्ने ।
  • हामी दर्ता सहयोगीहरुलाई पोशाक लगायत अत्यावश्यक मोबाईल, स्टेशनरी सामाग्रीहरु यथासिघ्र उपलब्ध गराउने । साथै पोशाक र आवश्यक स्टेशनरी प्रत्येक वर्ष उपलब्ध गराउनु पर्ने ।
  • दर्ता सहयोगीको परिवारलाई निशुल्क स्वास्थ्य बिमा गराउने व्यवस्था गर्ने ।
  • विभिन्न वालेट एवम् विद्युतीय माध्यमबाट स्वास्थ्य बिमा नविकरण गर्दा उक्त रकमबाट पनि सम्बन्धित दर्ता सहयोगीहरुलाई प्रोत्साहन रकम प्राप्त हुने व्यवस्था मिलाउने ।
  • हाल स्वास्थ्य बिमा बोर्डले संचालित HIB Enrollment App मा विमित्तको विवरण Search गर्दा सम्पुर्ण परिवारको फोटो छ वा छैन भनि देखिने व्यवस्था गरिदिने ।
  • फोटोहरु अफलाईन सेभ गरि इन्टरनेटबाट अपलोड गर्दा फोटोहरु अपलोड नहुने समस्याहरु आएको हुदाँ दर्ता सहयोगीहरुलाई इन्टनेट बापत प्रयाप्त रकमको व्यवस्था गरिदिने ।
  • दर्ता सहयोगीहरुको प्रोत्साहन रकम यथासिघ्र खातामा हाल्ने व्यवस्था गर्ने । दर्ता सहयोगीहरुको माग बुझदै स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय पर्वतकी प्रमुख टिका कुमारी श्रीसले उक्त माग सम्बन्धित निकायमा यथासिघ्र पठाउने जानकारी दिदै स्वास्थ्य बिमा कार्यक्रमको फिल्डमा रहने दर्ता सहयोगीहरुको हितमा बोर्ड सधै प्रतिवद्ध रहेको पनि जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *