कांग्रेस जवानी सम्झेर धुरुधुरु रुँदैछ मन्त्री गोकुल बास्कोटा

Featured समाचार

५ मंसिर, काठमाडौं

नेपाली कांग्रेसले सरकारका २१ असफलता भनी सार्वजनिक गरेको विवरणलाई उपनिर्वाचनमा जाल हालेको भन्दै सरकारका प्रवक्ताले उल्टै कांग्रेसमाथि प्रश्न गरेका छन् । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले कांग्रेस जवानी सम्झेर धुरुधुरु रुन थालेको टिप्पणी गरे ।‘कांग्रेसले आजसम्म आरोप लाउन पाएको थिएन । अहिले आरोप लाउने ठाउँमा पुगेको छ र आफ्नै जवानी सम्झेर सत्ता गएको पीडामा धुरुधरु रुनुपर्ने अवस्थामा पुगेको छ । आजसम्म कांग्रेसले के गर्‍यो ?’ उनले भने ‘प्रश्न उसैतिर जनताले गरेका छन् । यी आरोप भनेका उपनिर्वाचनमा जाल हाल्न सकिन्छ भनेर लगाएका हुन् ।’

Full Video Watch Here:  https://www.pscp.tv/GokulPBaskota/1MnxnEggNMEJO

Leave a Reply

Your email address will not be published. Required fields are marked *