अाईडिय फर ला ग्राण्डीको नयाँ समिति गठन साथै सेमिनार सम्पन्न-

गण्डकी प्रदेश समाचार

२१ मङ्सिर, पोखरा

पोखरा सिमलचौरमा अवस्थित ला ग्राण्डी ईन्टरनेस्नल कलेजमा जनस्वास्थ्य विधार्थीहरुको साझा संस्था अाईडिया फर ला यल जि अाई सीको वर्ष २०१८/१९को नयाँ पदाधिकारीहरुको चयन भएको छ। सचिन पोखरेलको अध्यक्ष्तामा गठित सो समितिमा उपअध्क्षमा प्रपिणा ठकुरी, सचिवमा जिवन भण्डारी, सह-सचिवमा जानुका त्रिपाठी, कोषअध्यक्षमा एलिसा ढुङगाना, सह-कोषाध्यक्ष मौसमी गोदार र कार्यक्रम संयोजकमा विनय पौडेल निर्विरोध रुपमा चयन हुनु भएको हो। सो नवगठित पदाधिकारीहरुलाई अाईडिया फर यल जि अाई सि का २०१७/१८ का प्रतिनिधि साथै पुर्व विधार्थी सम्राट गुरुङले बधाई व्यक्त गर्नु भएको थियो। नयाँ पदाधिकारीहरुको गठन लगत्तै साथी संसारका अध्यक्ष नारायण अधिकारी एवम संसारकै कर्मचारी दुर्गा घर्तीले मस्तिष्क पक्षघात शिर्षकमा अायोजित सेमिनारको सहजीकरण गर्नु भएको थियो। सो कार्यक्रममा कलेवका डिन डा.कृष्ण राज भण्डारी, जनस्वास्थ्य संकायका संयोजक केसब राज अधिकारी र जनस्वास्थ्य संकायका सदस्यहरु कल्पना ज्ञावली र राजीव कोईरालाको सहभागीता रहेको थियो। कार्यक्रममा जनस्वास्थ्यका पहिलो, तेस्रो , पाचौं र सातौं सेमिस्टरका गरी ७० जना विधार्थीहरुको सहभागी थियो। कलेजका पुर्व विधार्थी सम्राट गुरुङको अध्यक्ष्तामा संचालित सो कार्यक्रमको संचालन नव नियुक्त सचिव जिवन भण्डारीले गर्नु भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *