होमस्टे संचालनको तयारीमा भुजुङ्गेलीहरु !

Featured समाचार

चैत – घरबास कार्यक्रम मार्फत पर्यटन प्रवद्र्धन गर्न गलकोटका स्थानीय समुदाय अग्रसर बनेका छन् । गलकोट नगरपालिका ६ भुजुङ्गेका स्थानीयबासीले घरबास कार्यक्रम सुरु गर्न लागेका हुन् । पर्यटन आकर्षककोलागि लोकप्रिय बनेको घरबास कार्यक्रमबाट स्थानीयको जिवनस्तर उकास्नुका साथै बाह्य तथा आन्तरिक पर्यटन आकर्षक गर्ने लक्ष्यका साथ यहाँका स्थानीयले तैयारी थालेका हुन् । गलकोट स्टोन भिलेज सामुदायिक होम स्टे दर्ता गरेर गुरुयोजनाका साथ अघि बढ्न लागेको स्थानीय यामबहादुर श्रीसले जानकारी दिए । ‘प्रकृतिको बरदान गाउँ भर स्लेट ढुङ्गा खानी छन,यहाँका घर गोठ पनि स्लेटले बनेका छन् ,त्यसैलाई सदुपयोग गरेर परम्परागत घरलाइ संरक्षण गर्दै स्मार्ट भिजेज बनाउने योजना रहेको छ ’ ,श्रीसले भने ।गाउँभरिका सबै बाटो ,गल्ली ,घर आगन सबै स्लेटले नै बनाउने उनले बताए । भुजुङ्गे र त्यहाँबाट नजिकै रहेको कालिलेकलाई लक्षित गरेर घरबास कार्यक्रम र पर्यटकीय पुर्वाधार निर्माण गर्ने समुहका सदस्य कुमार श्रीसले जानकारी दिए । जनजातिको परम्परामा आधारित संग्रहालय ,सभा हल ,पर्यटन पदमार्ग लगायतका संरचना पहिलो चरणमा निर्माण गर्ने तैयारी रहेको उनले बताए ।
नेपालमा संचालित घरबास कार्यक्रमको अध्यन र अवलोकनपछि नमुना घरबास कार्यक्रम गलकोटमा संचालन गर्ने गरी अहिले अध्यनको क्रममा रहेको अध्यक्ष कमला श्रीसले जानकारी दिइन् । ‘हामीले गलकोटमा नमुनाको रूपमा घरबास कार्यक्रम संचालन गरेर सबैको ध्यान केन्द्रित गर्ने गरी अघि बढेका छौँ’, उनले भनिन्,‘भर्खरै एसियाकै नमुना लमजुङको घले गाउँ सहित भुजुङ गाउँ र तनहुँको राना गाउँको अवलोकन गरेका छौ ।’
स्थानीय रहनसहन ,मौलिक संस्कृतिहरु स्थानीय उत्पादन संगै कालीलेकबाट हिमाल र सूर्योदय अवलोकनको लागि गलकोट सबैभन्दा राम्रो गन्तब्य हो । होम स्टेलाई प्रदेश सरकारले समेत दस लाख अनुदान दिएको छ ।

 

 

Source:http://www.dhorpatannews.com photo :phanendra thapa

Leave a Reply

Your email address will not be published. Required fields are marked *