हेमजामा लागुऔषध निउनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम

गण्डकी प्रदेश समाचार समाज

हेमजा, १४ मंसिर

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाको आयोजनामा शुक्रबार हेमजाको बिष्णु पादुका मा.बि. मा लागुऔषध निउनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन भएको छ ।

कर्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष सोभाखर तिमिल्सिनाले १२ कक्षा पास नभएन्जेलसम्म मोबाइलको प्रयोग नगर्न बिद्यार्थिलाइ सुझाब दिए । त्यसै गरि कुलतमा आफु पनि नल्गन र आफना साथिभाइ कुलतमा लगेको देखेमा सम्झाउन तथा सम्बन्धित निकायमा खबर गर्न आग्रह गरे । उनले भने लुकिछिपी लागुऔषध प्रयोग गर्न हुदैन । कार्यक्रममा प्रसिक्षक हाम्रो परिवार नेपाल लागुऔषध उपचार तथा पुर्णस्थपना केन्द्र बैदामका परामर्सदाता अमृत कुमार भट्टराईले लागुऔषद प्रयोगको सुरुवात , यसले मानब सरिरमा गर्ने नकरात्मक असर र समस्याको अबरेमा उलेख गरे । त्सै गरि बिद्यालयका प्र अ बुद्धिप्रसाद बाँस्तोलाले आफना बिद्यर्थिलाई तालिम दिएकोमा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजालाई धन्यवाद ज्ञापन गरे ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाको आयोजनामा भएको तालिममा कक्षा ६ देखि १० सम्ममा ७० जना बिद्यार्थि सहभागि थिए । तालिमको पहरि नायब निरीक्षक टकंप्रसाद पौडेल र हाम्रो परिवार नेपाल लागुऔषध उपचार तथा पुर्णस्थपना केन्द्र बैदामका परामर्सदाता अमृत कुमार भट्टराईले सहजिकरण गरेका थिए ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाकी अध्यक्ष बिष्णु बाँस्तोलाका अध्यक्षतामा भएको कार्यक्रममा स्वगत उपाध्यक्ष घनस्याम तिमिल्सिनाले र सञ्चालन सदस्य देबि प्रसाद अधिकारीले गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *