‘स्मार्ट सिटी’बारे जानकारी दिँदै नाष्टले

Featured समाचार सूचना-प्रविधि

गोदावरी, ५ पुस –  अर्थ अभावका कारण नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय तहमा ‘स्मार्ट सिटी’को अवधारणाबारे जानकारी दिन थालेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस विषयमा बजेट कम भएको जनाएका कारण प्रत्येक स्थानीय तहमा पुग्न नसकिने भएकाले प्रदेश तहमा गएर कार्यक्रम गर्न लागिएको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले दिनुभयो । “सबै स्थानीय तहमा गई त्यहाँका पदाधिकारीलाई ‘स्मार्ट सिटी’ बारे जानकारी दिन चाहेका थियौँ तर रकम अभावका कारण जान सकिएन”, ढकालले भन्नुभयो, “यदि कुनै स्थानीय तहका पदाधिकारीले हामीलाई बोलाए हामी जान तयार छौँ ।”

एक वर्ष पहिले गण्डकी प्रदेशमा यस्तो कार्यक्रम गरिएकामा दोस्रो चरणमा यही पुस ७ गते प्रदेश नं। १को झापामा यसलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो । दक्षिण कोरियाबाट आउनुभएका प्राविधिक नाइपा एडमाइजरले नाष्टसँगको सहयोगमा अमेरिकालगायत अन्य विकसित शहरमा कसरी ‘स्र्माट सिटी’ निर्माण भएको छ भन्ने जानकारी गराउँदै आउनुभएको छ ।

 

-रासस

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *