सत्याकृतले अष्ट्रेलियामा आफ्नो प्रस्तुति प्रदर्शन गर्ने

मनोरञ्जन समाचार

माघ, नेपालको पहिलो आध्यात्मिक सांङ्गीतिक ब्यान्ड सत्याकृतले अष्ट्रेलियामा आफ्नो प्रस्तुति प्रदर्शन गर्ने भएको छ। अष्ट्रेलियामा रहेको ‘हाम्रो नेपाली पाठशाला’ले आयोजना गर्ने कार्यक्रममा सत्याकृत ब्यान्डले आफ्नो विशेष प्रस्तुति प्रदर्शन गर्ने भएको हो।

सरस्वती पुजाको अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सत्याकृत ब्यान्डलाई विशेष अतिथिको रुपमा निमन्त्रणा गरिएको छ ।

सत्याकृतले अष्ट्रेलियाबाट फर्केपछि पोख्रेली संङगीत पारखीहरुलाई समेत मन्त्रमुग्ध बनाउने भएको छ । शिवरात्रीको दिन पोखरास्थित लेकसाइडको हल्लाचोकमा आयोजना हुने शिवरात्री सांङ्गीतिक उत्सवमा ब्यान्डले विशेष प्रस्तुतिमा दर्शकलाई भरपुर मनोरञ्जन गराउने छ।

संङगीत मार्फत सत्यको सन्देश बाड्दै आएको र समाजमा भएको विकृति र विसङ्गतिहरुलाई सकरात्मक दिशातर्फ रुपान्तरण गर्दै आइरहेको ब्यान्डका अध्यक्ष विजय गौतमले बताए ।

हाम्रो धर्म ,संस्कृति र वैदिक परम्पराहरु नेपाललाई विश्वसामु चिनाउनका लागि पर्याप्त छ भन्ने सन्देशका साथ यहि फाल्गुन २० गते शिवरात्रीको पुण्य दिनमा पोखराको लेकसाइड परिसरमा आयोजना गर्न लागिएको सांङ्गीतिक उत्सवमा नेपालका ख्याती प्राप्त वरिष्ठ कलाकारहरुको प्रस्तुति र उपस्थिति समेत रहने जनाइएको छ । उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण एपी वन टेलिभिजनबाट गरिने भएको छ । source:aamsorakar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *