सञ्चार मन्त्री बास्कोटा र जापानी राजदुत साइगो बीच भेट

राजनीति समाचार

मंसिर ८, काठमाण्डौ -सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र नेपालका लागि जापानका राजदूत मासामिची साइगो बीच मन्त्रालयमा भेटघाट भएको छ ।

भेटमा उहाँहरूबीच नेपालमा सूचना तथा प्रविधि क्षेत्रमा जापानी लगानी बढाउने विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए ।

सो अवसरमा मन्त्री बाँस्कोटाले नेपाललाई प्राप्त अर्विटल स्टलमा आफ्नै स्याटलाइट स्टेशन राख्ने र दूरसञ्चार तथा हुलाक सेवालाई उन्नत बनाउन नेपालले प्रयत्न गरिरहेको चर्चा गर्दै यसका लागि जापानी पूँजी, प्रविधि र दक्षता नेपालमा भित्र्याउन राजदूत साइगोसँग आग्रह गर्नुभयो ।

राजदूत साइगोले जापानको निजी क्षेत्रलाई नेपालको सञ्चार तथा प्रविधि क्षेत्रमा लगानी बढाउन आफूले पहल गरिराखेको उल्लेख गर्दै थप लगानी ल्याउने दिशामा आफू अझै लागि पर्ने विश्वास दिलाउनु भएको छ ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *