शान्ती पत्रकारिता पुरस्कारको अक्षयकोष रकम हस्तान्तरण

समाचार

असोज २९, पोखरा । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्ने पूर्णप्रसाद, स्वर्गिय मायादेवी शान्ती पत्रकारिता पुरस्कारको अक्षयकोष रकम हस्तान्तरण गरिएको छ । पूर्णप्रसाद बराल, स्वर्गिय मायादेवी बराल प्रतिष्ठानका अध्यक्ष तथा बराल दम्पतीका छोरा समाजसेवी धर्मराज बराल भोला ले मंगलबार बराल निवासमै भएको एक कार्यक्रममा अक्षयकोष रकम हस्तान्तरण गरेका हुन् । अक्षयकोषको रकम तीन लाख तेत्तीस हजार तीन सय तेत्तीस रहेको छ । अक्षयकोष रकमको चेक युनियन कास्कीका अध्यक्ष नविन सिग्देललाई हस्तान्तरण गरिएको थियो । पूर्णप्रसाद, स्वर्गिय मायादेवी बराल शान्ती पत्रकारिता पुरस्कार प्रत्येक वर्ष शान्ती, अध्यात्मिक तथा धर्मसंस्कारका क्षेत्रमा कमल चलाउने एकजना पत्रकारलाई प्रदान गरिनेछ । गत वर्ष पहिलोपटक पत्रकार राजबहादुर गुरुङलाई नगद पच्चीस हजार पाँच सय पचपन्न रुपैया सहित पुरस्कार प्रदान गरिएको थियो । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष बरालले शान्ती पत्रकारितामा संलग्न श्रमजिवी पत्रकारलाई प्रोत्साहन स्वरुप आफूले सहयोग गरेको बताए । मंगलबार नै स्वर्गिय आमा मायादेवी बरालको वार्षिकी परेको र वार्षिकी कार्यक्रममै रकम हस्तान्तरण गरेका उनले आगामी दिनमा अक्षयकोषको रकम बढाएर पाँच लाख पु¥याउने आश्वासन समेत दिएका छन् । बरालले पत्रकारिता क्षेत्रमा आफूले सदैव सहयोग गरिरहने पनि बताए । युनियन कास्कीका अध्यक्ष नविन सिग्देलको अध्यक्षता तथा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाको संचालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, प्रेस युनियन कास्कीका सल्लाहकार डाक्टर बलराम उपाध्यय रेग्मी, प्रेस युनियन गण्डकी प्रदेश संयोजक टंक अधिकारी, केन्द्रिय सदस्य सरीता पँगेनी र ऋषिकान्त सिग्देलले पुरस्कार स्थापना गरेकोमा बराल परिवारप्रति धन्यवाद दिदै स्वर्गिय मायादेवी बरालको आत्माशान्तीका कामना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *