वडा अध्यक्ष बिमल लामिछानेकाे पहलमा तिलाहारकाे नवजागृत माविलाई गाँउपालिकाले दियाे बस

गण्डकी प्रदेश समाचार

पर्वत ।पर्वतको नमुना सामुदायिक बिद्यालय नवजागृत माध्यामिक बिद्यालयले मोदी गाउँपालिकाको सहयोगमा बिद्यार्थीका लागि बस सेवा शुरु गरेको छ ।
प्राबिधीक शिक्षा समेत शुरु गरेको बिद्यालयमा टाढा टाढा देखि बिद्यार्थी आउन थालेपछि गाउँपालिकाको सहयोगमा बस सेवा शुरु गरेको हो । बस सेवा शुरु गर्ने नवजागृत माबि पर्वतको पहिलो सामुदायिक बिद्यालय हो ।

नवजागृत माध्यामिक बिद्यालयमा बस सेवा सञ्चालनका लागि गाउँपालिकाले २२ लाख २५ हजार रुपैया सहयोग गरेको छ भने नपुग १ लाख ६३ हजार रुपैंया पनि उपलब्ध हुने अपेक्षा गरेको बिद्यालयका प्रधानाध्यापक त्रिष्णुप्रसाद सुबेदीले बताउनुभयो । ‘गाउँपालिकाले बस सेवा सञ्चालनका लागि सहयोग गर्दा बिद्यार्थीलाई सहज भएको छ ।’ प्रधानाध्यापक सुबेदीले भन्नुभयो ‘अझै पनि बिद्यालयले थप सहयोग पाउने अपेक्षामा छौ’

बस सेवा सञ्चालनपछि पर्वत र कास्की जिल्लाका बिद्यार्थीलाई सुबिधा पुगेको छ । नवजागृत माबिमा पर्वतको मोदीगाउँपालिका, कुस्मा नगरपालिका र कास्कीको अन्नपुर्ण गाउँपालिकाबाट समेत बिद्यार्थी आउने गर्दछ । बस सेवा पुगेपछि १ घण्टा पदैल हिड्ने र १५ किलोमिटर बसमा यात्रा गरेर समेत बिद्यार्थी अध्ययनका लागि पुग्ने गरेका छन । कुस्मा नगरपालिकाको पकुवा, परादी देखि अन्नपुर्ण गाउँपालिकाको लुम्ले, नयाँपुल क्षेत्रबाट समेत बिद्यार्थी अध्ययनका लागि आइरहेको बिद्यालयले जनाएको छ ।

यो बिद्यालयमा अहिले ७ सय भन्दा बढी बिद्यार्थी अध्ययन गर्दै आएका छन । बिद्यालयले अंग्रेजी माध्यममा कक्षा १० सम्म पढाउने गरेको छ । अंग्रेजी माध्यम र नेपाली माध्यम गरि दुबै माध्यममा छुट्टाछुट्टै पढाउँदै आएको छ । बिद्यालयमा कक्षा ९ देखि प्राबिधीक बिषयमा समेत पढाई हुने गरेको छ । ओभरसियर बिषयमा ९ र १० मा ४९ र कक्षा ११मा १८ जना बिद्यार्थीले अध्ययन गर्दै आइरहेका छन ।

स्थानिय सरकारले सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि बिभिन्न सहयोग गर्दै आएका समाचार बाहिर आउने गर्दछन । तर सामुदायिक बिद्यालयमा गरिब, र बिपन्न बर्गका बालबालिकाले अध्ययन गर्न आउने भएकाले बिद्यालयको गुणस्तर सुधार गर्न बिशेष महत्वका साथ काम गर्ने योजना अनुरुप बस सेवा सञ्चालन गरिएको वडा नं ६ का अध्यक्ष तथा गाउँपालिकाका प्रबत्ता बिमल लामिछानेले बतउनुभयो ।

‘नव जागृत माध्यामिक बिद्यालयलाई शैक्षिक केन्द्रको रुपमा बिकास गर्ने वडाको मुख्य उद्देश्य भएकाले बस सेवा सञ्चालन गरिएको हो’ अध्यक्ष लामिछानेले भन्नुभयो ‘आगामी बर्षहरुमा वडामा रहेका अन्य सामुदायिक बिद्यालयमा सुधार गर्ने र प्रबिधी मैत्री बनाउने योजनामा छौ’ । वडा अध्यक्ष समेत रहेका माेदी गाँउपालिका का प्रवक्ता विमल लामिछाने काे विशेष पहलमा बस गाँउपालिका मार्फत विद्यालयलाई उपलब्ध गराईएकाे हाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *