रिजालमाथि नेकपा कार्यकर्ताको आक्रमण प्रयास

Featured गण्डकी प्रदेश समाचार

तनहुँस्थित रिसिङ गाउँपालिका भवन शिलान्यास गर्न पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजाललाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ताले अवरोध गरेका छन्।दमौलीबाट रिसिङ जाँदै गरेका रिजाललाई कार्यक्रमस्थल जान नदिन रूख ढालेर सडक अवरोध गरिएको थियो। ‘सडकमा रूख ढालेर अवरोध गरे। लाठी बोकेका युवा तैनाथ थिए। उनीहरूले प्रशासनको आडमा हामीमाथि अवरोध सिर्जना गरेका हुन्’ रिजालले भने।जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी विनोद सिलवालले केहीबेर तनाव भए पनि प्रहरी परिचालन गरिएपछि अवस्था शान्त भएको बताए। ‘केहीबेर तनाव भएको हो, हामीले प्रहरी पठाएपछि शान्त भयो,’ उनले भने, ‘शिलान्यास कार्यक्रम सकेर मन्तव्य पनि भयो र उहाँहरू गन्तव्यतिर जाँदै हुनुहुन्छ।’नेकपाले सहमतिमै कार्यक्रम हुनुपर्ने बताउँदै अवरोध गरेको हो। घटनापछि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले रिजालमाथि आक्रमण प्रयास गर्दै नेकपाले रिसिङ गाउँपालिकाका जनतामाथि अपमान गरिएको बताएका छन्।

https://www.setopati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *